Comments Add Comment

यी उपाय अपनाउनुस्, घण्टौँ टिक्नेछ स्मार्टफोनको ब्याट्री

आजकल लगभग हरेकसँग धेरै क्षमताको र्याम भएको, राम्रो क्यामरा भएको, ठूलो स्क्रिन  भएको तथा विभिन्न दमदार फिचरहरु भएको स्मार्टफोन हुने गर्दछन् ।

यतिधेरै फिचरहरुका बाबजुत यी स्मार्टफोनको एउटा मात्रै कमजोरी चाहीँ के भने यी अत्याधुनिक ग्याजेटको ब्याट्री छोटो समयमै सकिन्छ । स्मार्टफोनको ब्याट्रीको चार्ज स्वात्तै सकिने समस्या धेरैले भोगेकै समस्या हो । तर यदि यी उपाय अपनाउनुभयो भने तपाइँको स्मार्टफोनको ब्याट्रीको चार्ज लामो समयसम्म टिक्नेछ:

· रिंगटोन लगाउनु भन्दा मोबाइल फोन भाइब्रेसनमा राख्दा ब्याट्रीको खपत धेरै हुन्छ । त्यसैले टोन बज्दा असर गर्नेवाला छैन भने स्मार्टफोन भाइब्रेसन मोडमा नराख्नुस् ।

· फोनको स्क्रिनमा विभिन्न खाले लाइभ वालपेपर देख्नमा त सुन्दर लाग्छ तर यसले ब्याट्रीको चार्ज पनि रित्याउँछ । त्यसैले यस्तो लाइभ वालपेपरको साटो कालो रंगको वालपेपर लगाउनुहोस् जसले ब्याट्री कम खान्छ ।

· तपाइँको फोनमा इन्स्टल गरिएका धेरैजसो एपहरुले लोकेसन ट्रयाक गर्दछन् । कतिपय अवस्थामा आवश्यकता विना पनि तपाइँले यसलाई लगातार अनमै राख्नुभएको हुन्छ जसले धेरै ब्याट्री खाइरहेको हुन्छ । त्यसैले आवश्यक नभएको बेला त्यस्तो फिचर तथा एपहरु बन्द गर्नुहोस् ।

· कहिलेकाहीँ स्मार्टफोनको ब्याट्री सकिने आँटेको तर तत्काल चार्ज गर्ने ठाउँ नभएको अवस्था आउँछ । यस्तोमा स्मार्टफोनलाई एयरप्लेन मोडमा हाल्नुहोस् ।

· एप अपडेट गर्नु तपाइँका लागि बोझिलो काम हुनसक्छ तर यसले तपाइँको स्मार्टफोनको ब्याट्री लाइफ चाहीँ बढाउँदछ । डेभलपर्सले ब्याट्री तथा मेमोरी अप्टिमाइजेसनलाई सुधार गर्नका लागि अपडेसन गर्दछन् । त्यसैले आफ्नो स्मार्टफोनमा कुनैप्नि एपको लेटेस्ट भर्सन इन्स्टल भएको छ र अपडेट भएको छ भन्ने कुरामा ध्यान दिनहोस् ।

· फोनको होमस्क्रिनमा एप्सका आइकनहरुको भिड नलगाउनुहोस् । विरलै प्रयोग गर्ने एपहरुलाई होमस्क्रिनमा नराख्नुहोस्, मेन्यू भित्र हाल्नुहोस् ।

· स्क्रिनले सबैभन्दा धेरै ब्याट्री रित्याउँछ । स्क्रिन  जति ठूलो हुन्छ, जति धेरै रिजोलुसन तथा चमकदार हुन्छ उसले उति नै धेरै उर्जा खपत गर्दछ । यदि तपाइँको फोनमा स्क्रिन  ब्राइटनेसका लागि अटो मोड छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि छैन भने ब्राइटनेसलाई ५० प्रतिशतमा राख्नुहोस् । यसले ब्याट्रीको खपत कम गर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment