Comments Add Comment

कलेजोमा बोसो जमेको छ ? यसरी छुटकारा पाउनुहोस्

शारीरिक परीक्षण गर्ने हो भने धेरैले थाहा पाउँछन्, आफ्नो कलेजोमा बासो जमेको । किनभने यसको तत्काल कुनै शारीरिक प्रतिक्रिया नदेखिने भएकाले कलेजोमा बोसो जमेको कुरा धेरैले भेउ नै पाउँदैनन् । हुन त कलेजोमा सामन्य बोसो लाग्नु ठूलो कुरा होइन । तर, बोसोको मात्रा १० प्रतिशतभन्दा बढी छ भने त्यसले समस्या निम्त्याउँछ ।

कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । तर, बद्लिदो जीवनशैलीको कारण अहिले कलेजोको समस्या साझा पीडा बन्दै गएको छ ।

फ्याटी लिभर के हो ?

यो त्यही अवस्था हो, जब कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा अधिक बोसो जमेर हुने संक्रमणलाई फ्याटी लिभर भनिन्छ । वोसोयुक्त खानेकुराको सेवन, मोटोपन, अनियमित दिनचर्या, तनाव, रक्सीको सेवन, धुमपान जस्ता कारणले कलेजोमा बोसो जम्छ । यस्तो रोगले धेरैलाई सताएको हुन्छ ।

जब, कलेजोमा समस्या हुन्छ, शरीरका अन्य अंगहरुमा पनि त्यसको असर पर्छ ।

लक्षण

–   भोक कम लाग्नु ।

–   पेट फुलिनु ।

–   आँखा र छालामा पहेंलोपन देखिनु ।

–   चक्कर आउनु वा कमजोरी महसुष गर्नु ।

–   खाना ठीक ढंगले नपच्नु र एसिडीटी हुनु

–   पेटको दाँयाबाँया भागमा पीडा हुनु ।

के छ घरेलु उपचार ?

१. यस्तो अवस्थामा दिनमा दुई पटक प्याजको सेवन गर्न सकिन्छ ।

२. २५ ग्राम ताजा अमलाको रस र त्यसमा ४ ग्राम सुख्खा अमलाको चूर्ण पानीमा मिसाएर दिनमा तीन पटक सेवन गर्नुपर्छ । यो क्रम २० दिनसम्म निरन्तर जारी राख्नुपर्छ ।

३. मध्यन्हको खानापछि लस्सी सेवन गर्नु लाभदायक हुन्छ ।

४. कागतीको रस र पानीमा नुन हालेर नियमित रुपमा पिउनुपर्छ ।

५. ग्रीन टि एकदमै लाभदायक हुन्छ । त्यसैले आफ्नो खानामा ग्रीन टिलाई पनि सामेल गर्नुपर्छ ।

६. भिटामिन सियुक्त खानेकुराले पनि कलेजोको बोसो हटाउन मद्दत गर्छ । सुन्तला, कागती यसको राम्रो स्रोत हो ।

७. करेला तीतो भएपनि कलेजोको बोसो हटाउनमा यसले राम्रो भूमिका खेल्छ ।

८. कलेजोमा जमेको बोसो हटाउन काँचो गोलभेडाको सेवन पनि लाभदायक हुन्छ ।

(चिल्लोरहित खानेकुरा सेवन गर्ने, मदिरा सेवन नगर्ने, कलेजोलाई स्वस्थ्य राख्न खानामा जुस र फल सामेल गर्ने )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment