Comments Add Comment

‘दीपा च्वाँक छे, मै बिहे गर्छुः किरण केसी(भिडियो)

'शेरवहादुर हात्ती जस्ता, केपी दुम्सी जस्ता': शिवहरि पौडेल

हाँस्य सिरियल ‘जीरे खुर्सानी’बाट दुई कलाकार उदाए । दर्शकले कलाकार शिवहरि पौडेललाई ‘मुखमा हानुँ जस्तो’ उप-नामबाट चिने भने किरण केसीलाई ‘राता मकै’ उप-नामले चिने ।

‘शिवहरि र किरण केसी’सँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


अहिले चर्चित हाँस्य सिरियल ‘जीरे खुर्सानी’ बन्द भैसकेको छ । अहिले यो जोडीले ‘ब्रेक फेल’ नामक शो लिएर दर्शकमाझ आएको छ । शिवहरि लामो समयसम्म एउटै कार्यक्रम प्रस्तुत गर्दा दर्शकलाई पनि बोरिङ हुने भन्दै उनले नयाँ कार्यक्रमले दर्शकको मन जित्न समय लाग्ने बताए ।

यी दुई कलाकार चलचित्र ‘छक्का पन्जा २’मा एकसाथ देखिदैछन् । किरण केसी यो चलचित्रमा आफू जितु नेपालको बाबुको भूमिकामा देखिन लागेको बताउँछन् ।
निकै रमाइलो कुराकानी गर्ने क्रममा ‘दीपाश्री निरौलाको बिहे कोसँग गर्दा ठिक होला’ भन्ने प्रश्नमा ‘राता मकै’ले भने-‘पाए त मै गर्थेँ नी, च्वाँक छे, मासु-मासु छ । पैसा नी टन्न छ ।’ किरण केसीले यसो भनिरहँदा शिवहरिले भने दीपालाई बिहे नगर्न सुझाव दिए ।

यस्तै, यी दुई चर्चित कलाकारले नेपालका नेतालाई कछुवा, हात्तीदेखि दुम्सीसम्मका जनावरसँग दाँजेका छन् । कुन नेतालाई कुन जनावरसँग दाँजे त यी दुइले, यसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment