Comments Add Comment

नृत्य नगरी नीतालाई निद्रा नै पर्दैन


चलचित्र ‘करोडपति’मा अभिनय गरेपछि नायिका नीता ढुंगानालाई लाग्न थालेको छ कि केही चलचित्र असफल भयो भनेर निराश हुनुहुन्न । सफलता कुनै पनि बेला पाइन्छ ।

महत्वकांक्षी चलचित्र ‘फुलैफुलको मौसम तिमीलाई’ असफल भएपछि नीताको हातमा त्यति धेरै राम्रा चलचित्र आएनन् । तर, पनि पछिल्लो पटक चलचित्र ‘करोडपति’मा बलिउड कलाकार राजपाल यादबसँगै काम गर्ने अवसर उनले पाइन् । भन्छिन्-‘आफु क्षमतावान हुनुपर्छ । अवसर कुनै पनि बेला आउनसक्छ ।’

अचेल उनलाई अर्को पनि दिब्यज्ञान फुरेको छ कि आफूलाइ फिट एण्ड फाइन राख्नैपर्ने रहेछ । नृत्यमा रुची राख्ने निता एक्सरसाइज पनि राम्रै गर्थिन । एकताक उनी अल्छी भइन् । उनको वजन निकै बढ्यो ।

अहिले सचेत भएकी नीता नियमित जिम क्लब जान्छिन् । नृत्य नगरी उनलाई निन्द्रा लाग्दैन । भन्छिन्-‘मलाई हरेक दिन नृत्य नगरि त चित्त बुझ्दैन । कम्तिमा आधा घण्टा नाँचेकै हुन्छु ।’

सुटिङ नभएको बेला घरमै नाँच्ने गरेकी नीता सुटिङ भएको दिन भने एक्सरसाइज गर्न भ्याउदिनन् । कुनै बेला डान्स प्रशिक्षक समेत रहेकी नीता डान्स गरेपछि ज्यानमा फुर्ती आउने बताउँछिन् ।

नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment