Comments Add Comment

कैलालीमा माओवादी केन्द्रले उम्मेदवार तोक्यो

१५ बैशाख, कैलाली । नेकपा माओवादी केन्द्र कैलालीले जिल्लामा लगभग सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले जिल्लाका ७ नगरपालिका र ६ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।

केन्द्रले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा रामसमझ राना र शान्ति कुमारी अधिकारीलाई छनौट गरेको छ । टीकापुर नगरपालिकाको मेयरमा ललित थापाको उम्मेदवारी घोषणा गरेको केन्द्रले उपमेयरमा भने टुंगो लगाउन बाँकी रहेको बताएको छ ।

त्यस्तै लम्कीचुहा नगरपालिकामा मेयरमा दलबहादुर विष्ट र उपमेयरमा धनादेवी चौधरीलाई उम्मेदवार बनाएको छ । गोदावरी नगरपालिकामा माओवादी केन्द्रका सात नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्टका भाइ गोकर्ण भट्टलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा शोभा नेपाली थारुलाई अघि सारेको छ ।

यसैगरी भजनी नगरपालिकामा शेेरबहादुर चौधरी मेयरको उम्मेदवार रहनेछन् भने उम्मेदवारको टुंगो लागिनसकेको माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि चौधरी ‘उत्सव’ ले जानकारी दिए ।

त्यस्तै गौरीगंगा नगरपालिकामा देविदत्त कँडेललाई मेयर र करुणा चौधरीलाई उपमेयरको उम्मेदवारमा छनौट गरेको छ । र घोडाघोडी नगरपालिकाको मेयर र उपमेयरमा लक्ष्मण चाैधरी र दुर्गा चलाउने माअोबादी केन्द्रको उम्मेदवार बनेका छन् ।

यता कैलालीका ६ मध्ये ५ गाउँपालिकामा माओवादीले उम्मेदवार टुंगो लगाएको छ । केन्द्रले चुरे गाउँपालिकाको प्रमुखमा किसन सिंह साउँद र उपप्रमुखमा डिलादेवी सिजापतीलाई अगाडी सारेको छ ।

यस्तै वर्दगोरिया गाउँपालिकामा प्रमुख र उपप्रमुखको उम्मेदवारमा गणेश गिरी र भगवती चौधरी रहेका छन् । त्यस्तै मोहन्याल गाउँपालिकामा धर्म बहादुर थापा प्रमुख र जानकारी भण्डारी उपप्रमुको उम्मेदवारका रुपमा चुनिएका छन्

कैलारी गाउँपालिकामा लाजुराम चौधरी प्रमुख र लक्ष्मी चौधरी उपप्रमुखको उम्मेदवार हुनेछन् भने जोशीपुर गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो छिट्टै लाग्ने माओवादी केन्द्रले जानकारी दिएको छ ।

महिला समावेशीको नारा सबैभन्दा धेरै प्रयोग गर्ने माओवादीले कैलालीका कुनैपनि स्थानीय तहको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छैन । अनिवार्य सहभागितालाई पुर्ति गर्नकै लागि मात्र उप प्रमुख पदमा महिला उम्मेदवार अघि सारेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment