Comments Add Comment

एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित हुन्छ : कानूनमन्त्री नायक

१५ वैशाख, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै सर्बसम्मत रुपमा आईतबार पारित हुने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विद्येयक सर्वसम्मतीले पारित हुने दाबी गरेका हुन् । ‘यो प्रस्ताव मुलुकको निकासको लागि हो, यसमा एमालेले आपत्ति जनाउनुपर्ने कुनै कारण नै छैन,’ उनले भने,’त्यसैले हामीलाई पूरा विश्वास छ, यो प्रस्ताव एमालेकै सहमतिमा पास हुन्छ ।’

मन्त्री नायकले सदन अबरुद्ध नभएको अवस्थामा सबै दलहरु मिलेर अगाडि बडनुपर्ने बताउँदै मधेसवादी दलहरु धेरै लचक भएको बताए ।

यो अवस्थामा प्रमुख प्रतिपक्षी दलले आपत्तिको रुपमा लिनुहुँदैन, संविधान सशोधन प्रस्तावमा एमालेले आपत्ती जनाउनुपर्ने कुनै पनि बिषय छैन ।’

उनले देशको समस्या समाधान गर्ने सबै दलको दायित्व भएकोले प्रमुख प्रतिपक्षी दल एमाले पनि राष्ट्रिय भूमिकामा आउनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख दल नेपाली काँग्रेसका नेता महेन्ऽ यादबले यही बैशाख १७ ते नै संशोधन प्रस्ताव पारित हुने दाबी गरे । उनले संविधान संशोधन गरेर देशलाई निर्वाचन गर्न सहज वातावरण बनाउनुपर्नेतर्फ सबैले सोच्नुपर्ने बताए ।

साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केशब बडालले संसदको प्रक्रियामा रहेको संशोधन विद्येयक तुरुन्त फिर्ता लिनुपर्ने माँग गरे ।

उनले अहिलेको संशोधन प्रस्तावले जनताको अधिकारलाई कटौति गरेको र जनता जनतावीच फाटो ल्याउने दाबी गर्दै उक्त प्रस्तावलाई यथाशीघ्र फिर्ता लिनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन् । उनले संसोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment