Comments Add Comment

एक दिनमै भाँडियो धादिङमा कांग्रेस र माओवादीको चुनावी तालमेल


१५ बैशाख, काठमाडौं । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रवीच धादिङमा चुनावी तालमेल गर्ने समझदारी एक दिन पनि टिक्न सकेन । चुनावी तालमेल गर्ने समझदारी भएपनि भागवण्डा नमिल्दा चुनावी तालमेल भाँडिएको हो ।

धादिङमा रहेको १३ स्थानीय तहमध्ये कांग्रेसले ७ र माओवादी केन्द्रले ६ वटा लिने सहमति भएको थियो । तर, कुन स्थानीय तह कसले लिने भन्ने सहमाति हुन सकेन ।

कांग्रेसले जिल्लाको दुवै नगरपालिकाको प्रमुख आफूले पाउनु पर्ने दाबी गरेको छ । कांग्रेसले अस्वभाविक दावी गरेपछि समझदारी टुटेको माओवादी जिल्ला सचिव मनराज भण्डारीले बताए । उनले भने, अब एक्लै चुनाव लड्छौं र जित्छौं पनि ।’

कांग्रेस नेता रामनाथ अधिकारीले पनि दुई पार्टीवीच चुनावी तालमेल गर्ने समझदारी भंग भएको स्वीकारेका छन् । प्राविधिक कारण सहमतिमा पुग्न नसकेको उनले बताए ।

माओवादी केन्द्रले वडा तहमा आफ्नो अनुकुल समझदारी गर्न कार्यकर्तालाई सर्कुलर जारी गरेको छ । नेता भण्डारीले भने, ‘अब समग्र जिल्लामा समझदारी हुँदैन, आवश्यक परेको तहमा त्यहीँका पार्टीसँग छलफल हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment