Comments Add Comment

एक महिना पश्चिम नेपालमा नम्रताको धमाका


नायिका नम्रता सापकोटाले चलचित्र ‘छक्का पन्जा र ब्रासलेट’बाट राम्रो चर्चा पाइन् । दुबै चलचित्रमा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले रुचाए । चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बताएकी नायिका करिब एक महिना पश्चिम नेपालको भ्रमणमा व्यस्त बनिन् ।

मार्चको अन्तिम साता उनी पश्चिम नेपालका विभिन्न जिल्लामा सांगीतिक कार्यक्रमका लागि पुगेकी थिइन् । ‘लिरिल सुपरस्टार धमाका’ नाम दिइएको कार्यक्रममा नम्रता अर्की नायिका आश्मा डीसी र गायक अनिल सिंहको साथमा पश्चिम नेपालका विभिन्न गाउँमा पुगेकी हुन् । उनले यो अवधीमा २० वटा कार्यक्रममा भाग लिइन् । रोल्पाबाट सुरु भएको कार्यक्रम सुर्खेत, दैलेख, डोटी, वैतडीका विभिन्न स्थानमा पुगेर सकिएको छ । उनले आफू शनिबार काठमाण्डौ फर्कने बताइन् ।
नम्रताले भनिन्-‘मैले आफ्नो उत्कृष्ट प्रस्तुती दिने प्रयास गरे । वैतडीमा कुनै महिला कलाकार समावेश भएको पहिलो कार्यक्रम रहेछ । यसैले, स्थानिय जनताहरु एकदमै खुशी हुनुभयो ।’

उनले, गाउँ गाउँका दर्शकसँग साक्षात्कार गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment