Comments Add Comment

४७ दिनसम्म हिउँमा पुरिएका ताइवानी युवकले अस्पतालमै मनाए जन्मदिन

१५ बैशाख, काठमाडौं । हिउँमा चिप्लिएर वेपत्ता भएको ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अस्पतालको शय्यामै २२ औं जन्मदिन मनाएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ताइवानी लियान सेङ यूले शुक्रबार जन्मदिन मनाएका हुन् । उनलार्इ जन्मदिनको शुभकामना दिन पर्यटन राज्यमन्त्री परशुराम तामाङ समेत पुगेका थिए ।

उनले चकलेट र चिज केट काटेर बर्थ डे मनाउने इच्छा जनाएपछि अस्पतालले त्यसको व्यवस्था मिलाएको थियो ।

बर्थ डे मनाउने क्रममा उनले सञ्चारकर्मीहरूमाझ वेपत्ता भएको ४७ दिनको अनुभव पनि सुनाए । त्यसक्रममा उनी निकै भावुक बने ।

ताइवानी लियान र लिउ चेन युन फागुन अन्तिम साता उत्तरी धादिङको रुपभ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर खाल्डोमा खसेका थिए । हिउँमा चिप्लिएका उनीहरु करिव २०० मिटर तल पहरा छाँगामा अलपत्र परेका थिए ।

बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव थियो ।

ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तर धादिङमा थिए ।

भारी हिमपातका बीच रुवीभ्याली हुँदै लाङटाङ हिँडेका उनीहरु हिउँमा चिप्लिएर लडेका थिए । दुबैको परिवारले लगातार खोजी गर्ने क्रममा बुधबार भेटिएका हुन् ।

यो पनि पढ्नुहोस् 

४७ दिनसम्म हिउँ र नुन खाएर बाँचेका युवकः बाँच्छु भन्ने मनमा लागिरहृयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment