Comments Add Comment

स्थानीय तहका कार्यकारी अधिकृतलाई कार्यालयमा हाजिर हुन निर्देशन

१५ बैशाख, काठमाडौं । स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतहरुको ध्यानाकर्षण गराउँदै मन्त्रालयको स्वीकृतीविना कार्यालय नछोड्न चेतावनी दिएको छ ।

निर्वाचनको समयमा केही स्थानीय तहका कार्यकारी अधिकृत विदामा बसेको र केही अझैसम्म खटाएको ठाउँमा नपुगेको भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयले तत्काल कार्यालयमा हाजिर नभए त्यस्ता कर्मचारीलाई कारबाही गर्ने समेत जनाएको छ । सचिव दिनेश थपलियाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै यस्तो निर्देशन दिएका हुन् ।

सचिव थपलियाले विदामा बसेका, हटाएको स्थानीय तहको कार्यालयमा हाजिर नभएका र अनुपस्थित कार्यकारी अधिकृतहरुलाई तत्काल हाजीर भएर मन्त्रालयलाई जानकारी गराउन भनिएको छ ।

अझै अटेर गरी कार्यालय हाजीर नभए निजामती सेवा ऐनअनुसार कारबाही हुने प्रष्ट पारेको छ । मन्त्रालयले उक्त पत्र देशभरका स्थानीय तहको कार्यालयमा सर्कुलर गरेको हो ।

यस्तै मन्त्रालयले वडा सचिवहरुलाई पनि स्वीकृतविना विदामा नबस्न निर्देशन दिएको छ । निर्वाचनको समयमा अत्यावश्यक स्थितिमा बाहेक विदामा नबस्न निर्देशन दिएको हो ।

मन्त्रालयले विदामा बस्नैपर्दा कार्यकारी अधिकृतबाट विदा स्वीकृत गराउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment