Comments Add Comment

शिक्षा कार्यालयमा ताला लगाउँदा विद्यार्थी र प्रहरीबीच झडप

१५ बैशाख, काठमाडौं । निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी र प्रहरीबीच ताहाचलमा झडप भएको छ । ताहाचलस्थित जिल्ला शिक्षा कार्यालय काठमाडौंमा तालाबन्दी गर्न गएका विद्यार्थीलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

झडपमा केही विद्यार्थी सामान्य घाइते भएका छन् । प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीहरूले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका थिए ।

आठ विद्यार्थी संगठनहरुले सार्बजनिक गरेको आन्दोलनका नयाँ कार्यक्रमअनुसार आज जिल्ला शिक्षा कार्यालय र शिक्षा बिभागमा तालाबन्दी गरिएको छ ।

विद्यार्थीहरुले यही बैशाख १७ गते शिक्षामन्त्री, शिक्षा मन्त्रालयका कर्मचारी र प्याब्सन-एनप्याब्सनलाई सार्बजनिक बहिस्कार गर्ने तथा निर्णय गरेका छन् । उनीहरुले १८ गते सरकारी गाडी सन्चालनमा रोक लगाउने निर्णय समेत गरेका छन् ।

निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, राप्रविसं, लगायत आठ संगठन आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment