Comments Add Comment

म्यानपावरवाली शर्मिला ओमानका लागि नेपाली राजदूतमा नियुक्त

१५ बैशाख, काठमाडौं । म्यानपावरवाली शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदूत नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पराजुलीलाई राजदूत नियुक्त गरेकी हुन् ।

म्यानपावर व्यवसायी पराजुलीलाई राजदूत बनाउन सिफारिस गरेपछि चर्को आलोचना भएको थियो । परराष्ट्रमन्त्रीले उनको नाम पनि राजदूतहरुको सूचीबाट काटे । तर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको दबावमा सरकारले उनको नाम थपेर राजदूत सिफारिस गर्‍यो ।

संसदीय समितिले पनि उनको नाम सहजै अनुमोदन गर्‍यो । शुक्रबार राष्ट्रपतिले पनि संविधानको धारा २८२ को उपधारा १ बमोजिम भन्दै म्यानपावरवाली पराजुलीलाई राजदूत नियुक्त गरेकी छन् ।

यस्तै श्रीलंकाका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकुरेललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

राजदूत शर्मिलाः अर्थात् ‘म्यानपावरवाली’ महामहिम !

ओमान र यूएईका लागि सिफारिस राजदूत वैदेशिक रोजगारीका ‘ठग’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment