Comments Add Comment

शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भयो बैंकिङ एक्स्पो


१५ बैशाख, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बैकिङ बैंकिङ एक्स्पो भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोशियसन लगायतका संस्थाहरुको सहकार्यमा  नेपालमा पहिलो पटक बैंक तथा वित्तय संस्थाहरुको मेला आयोजना गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाबारे जनचेतना जगाउने उद्देश्यका साथ मेला अायोजना भएको हाे । बैंक तथा वित्तीय संस्थाहरुको पहुँच गाउँ-गाउँमा पुर्याउन पनि मेलाले सघाउ पुर्याउने मेला आयोजक संस्था बैक अफ काठमाण्डुका अधिकृत हुतराज दाहालले जानकारी दिए । मेलामा बैंकको ऋण प्रवाह, व्याजदर, सेयर बजार, लगायतका विषयमा विस्तृत जानकारी दिइँदैछ ।

मेलामा २ सय भन्दा बढी स्टलहरु राखिएको छ । तीन दिनसम्म चल्ने मेलाले नेपालको बैंक तथा वित्तिय क्षेत्रको अवस्थाका बारेमा समेत सर्वसाधारणलाई जानकारी हुने अपेक्षा गरिएको छ ।

सबै बैंकका बारेमा  एकै ठाउँमा अध्ययन गर्न सकिने हुँदा यसले बैंकिङ सूचना प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बैंकका नयाँ स्कीम एवं नयाँ प्रविधिबारे पनि तिनदिने मेलामा जानकारी गराइनेछ। बैंक, शेयर बजार र बीमाको एकै ठाउँमा सूचना प्राप्ति हुने हुँदा उद्यमशिलतामा लाग्न चाहानेका लागि बैंकिङ एक्सपो निकै उपयोगी हुनेछ ।

बैंकिङ एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, सेयरसँग सम्बन्धित संस्थाहरु, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरुले सूचनामूलक स्टल राखेका छन् । स्टलबाटै कुनैपनि बैंकको बैंक खाता पनि खोल्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment