Comments Add Comment

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-दुबई-काठमाडौं सीधा उडान


१५ बैशाख, काठमाडौं ।  हिमालय एयरलाइन्सले काठमाडौं-दुबई-काठमाडौँ प्रत्यक्ष उडान थालेको छ। आजदेखि प्रत्यक्ष रुपमा उडान थालिएको कम्पनीले जनाएको छ। दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछि  हिमालयले दुबई उडान थालेको हो ।

दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाईन्सले तीन वटा एअरबसमध्ये एउटा यस मार्गमा संचालन हुनेछ। जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमी क्लासका सिट छन् । यस एअरलाइन्सको उडान नम्बर  एच९५५७ को विमान काठमाडौँबाट १० बजेर ४० मिनेट जाँदा प्रस्थान गरी दुबईमा १ बजेर २५ मिनेट जाँदा अवतरण गरेको छ ।

त्यसैगरी उडान नम्बर  एच ९ ५५८ दुबईबाट २ः २५ बजे प्रस्थान गरी काठमाडौँमा ८ः २० मा आवतरण हुने छ। अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखनुसार एयरलाइन्सको उडान तालिका औसत उचाई माथि छ।

त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उद्देश्य राखिएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठ बताउँछन् । ‘हामी आशावादी छौँ हाम्रो नयाँ उडान क्षेत्र मार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थव्यवस्थामा योगदान पुयाउनुका साथै एकै समयमा दुबै आगमन र बहीगर्मन यात्राको लागि राम्रो बजार हुनेछ’ उनले भने ।

उक्त एयरलाइन्सले काठमाडौ–दुबई–काठमाडौं राउण्ड ट्रिपको सुरुआती टिकटदर २४ हजार ८ सय २७ र दुबई–काठमाडौं–दुबईको लागि सुरुआती टिकटदर एइडी ५० कायम गरेको छ। उक्त दरमा सरकारी कर समावेश गरिएको छैन ।

एयरलाईन्सले फिस्टल ट्राभल एण्ड टुरिजम (एलएलसी) दुबईलाई युनाइटेड अरव अफ इमिरेट्सको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ। जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।

नेपाल-चीनको संयूक्त लगानीमा सञ्चालित हिमालय एयरलाईन्स तीव्र गतिमा विकास भईरहेको निजी कम्पनी हो । हाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ भने आजदेखि दुबईमा पनि सिधा उडान सुरु गरेको छ।


आगामी केही महिनाभित्र दमाम, हङकङ्ग र बैङकक उडान सुरु गर्ने कम्पनीको योजना छ। त्यसपछि एअरलाईन्सले चाईनाको बेइजिङ्ग र चेन्दुलाई आफ्नो थप गन्तव्य बनाउने योजना कायम राख्दै ल्यासा र गन्जाओ जस्तै अन्य शहरहरुमा आफ्नो थप सेवा विस्तार गर्नेछ ।

यस एअरलाईन्स्सँग हाल एअरबस  ए ३२०-२१४ सिरिजका साना आकारका तीनवटा जहाजहरु रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment