Comments Add Comment

दैलेखमा कांग्रेसका उम्मेदवारकाे टुङ्गो (उम्मेदवारकाे नामसहित)

१५ बैशाख, दैलेख । नेपाली काँग्रेस दैलेखले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्ना उमेदवारहरुको टुङ्गो लगाएको छ ।

जिल्लाका ४ वटा नगरपालिका तथा ७ वटा गाउँपालिकाका उम्मेदवारहरुको टुङ्गो लागिसकेको नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण वी.सी.ले जानकारी दिए ।

वी.सीका अनुसार नारायण नगरपालिको मियरमा मनिराम रेग्मी र उपमेयरमा पासना थापा रहेकाछन् ।

यस्तै दुल्लु नगरपालिकाको मेयरको उम्मेदवारमा घनश्याम भण्डारी उपमेयरमा कृष्णा शाही रहेका छन् ।

यस्तै, आठविसे नगरपालिकामा प्रेम प्रकाश शाही मेयर र उपमेयरमा दीपा माझी चयन भएका छन् । चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरको उम्मेदवार गणेशकुमार शाही चयन भएका छन् भने उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको छ ।

यस्तै, डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले टिकट पाएका छन् ।

यता भगवतीमाई गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट दशरथ खड्का र उपाध्यक्षको मीना थापाले पाएका छन् ।

नौमुले गाउँपालिकामा अध्यक्ष भदे बुढामगर र उपाध्यक्षका उम्मेदवार अमृता सिंह बनेका छन् ।

महाबु गाउँपालिको अध्यक्षको उम्मेदवार कर्णबहादुर शाही र उपाध्यक्षमा मञ्जु पाण्डे रहेका छन् ।

भैरवी गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट जनार्धन ज्ञवाली र उपाध्यक्षको उम्मेदवार बसन्ता थापाले पाएका छन् भने ठाँटिकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिक रक्षबहादुर शाहीले पाएको छन् । ठाँटिकाँधमा उपाध्यक्षको निर्णय हुँन बाँकी रहेको छ ।

यस्तै, गुँरास गाउँपालिकाको अध्यक्षको उम्मेदवार खेमराज वलीले पाएको छन् भने उपाध्यक्षको भने टुङगो लाग्न बाँकी रहेको सभापति वी.सीले बताए ।

वली दैलेखका ११ स्थानीय तहका कांग्रेसका उम्मेदवारहरु मध्ये सबैभन्दा कान्छा उम्मेदवार समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment