Comments Add Comment

कांग्रेसले पोखराको मेयर उम्मेदवार छान्न सकेन, ३३ जनाको केन्द्रमा सिफारिस

१५ बैशाख, पोखरा । देशको सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरको आकांक्षी धेरै भएपछि कांग्रेस कास्कीले उम्मेदवार छान्न सकेन ।

सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेपछि कांग्रेस कास्कीले आकांक्षी ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरमा पनि बै १५ जनाकै नाम केन्द्रमा सिफारिस गरिएको कास्की कांग्रेसका सदस्य नविन सिग्देलले जानकारी दिए ।

उम्मेदवार छान्न पटक/पटक बैठक बसेपनि सहमति जुट्न नसकेको र स्थानिय नेतृत्वले कसैको पनि नाम काट्न नसक्ने भएकाले सबैको नाम केन्द्रमा पठाउने निर्णय भएको कांग्रेस स्रोतले जनाएको छ ।

पोखराको मेयरको उम्मेदवारका लागि कास्की क्षेत्र नम्बर १ बाट ९ जना, क्षेत्र नम्बर २ बाट ११, क्षेत्र नम्बर ३ बाट ११ र क्षेत्र नम्बर ४ बाट २ जना गरी ३३ जनाको नाम सिफारिस भएको छ ।

मेयरका लागि क्षेत्र नम्बर १ बाट पार्टीका जिल्ला सचिव सुदिपमोहन भट्टराईसहित हेममोहन भट्टराई, राजेन्ऽमणी लामिछाने, पुष्प भण्डारी, शिव केसी, रामबाबु भण्डारी, नगेनसिंह ठकुरी, नन्दप्रसाद तिवारी र ठाकुर कँडेल सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ बाट ऋषिराम काˆले, बाबुराम आचार्य, डा. ईञ्जिनियर परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, बजिरमान श्रेष्ठ, हरिप्रसाद आचार्य, कृष्ण कार्की, फत्तबहादुर गुरुङ, विमलबहादुर कार्की, अशोक पालिखे र विश्व घिमिरे सिफारिस भएका छन् ।

त्यस्तै, क्षेत्र नम्बर ३ बाट रामजी कुँवर, प्राध्यापक देवराज चालिसे, बिन्दुकुमार थापा, बिरेन्ऽनारायण विजुक्छे, नरेशशंकर पालिखे, बिष्णुप्रसाद बास्तोला, ऋषिराम सापकोटा, केशवप्रसाद निर्दोषी, देवदत्त कोइराला, रजनी केसी र लोकेन्द्रबहादुर कोइराला सिफारिस भएका छन् ।

यसैगरी क्षेत्र नम्बर ४ बाट रामचन्द्र त्रिपाठी र दुर्गाप्रसाद तिमिल्सीनाको नाम मेयरको उम्मेद्वारका लागि सिफारिस भएको कांग्रेस श्रोतले बताएको छ ।

उपमेयरका लागि क्षेत्र नम्बर १ बाट ५ जना, क्षेत्र नम्बर २ बाट ७ जना, क्षेत्र नम्बर ३ बाट २ जना र क्षेत्र नम्बर ४ बाट १ जना गरी कुल १५ जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

उपमेयरमा क्षेत्र नम्बर १ बाट महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटसहित चन्ऽावति पौडेल, बिन्दुकुमारी भण्डारी, तारा अधिकारी र विन्दु सुवेदी सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ बाट उपमेयरमा पत्रकार सरस्वती गुरुङसहित अनिता तिमिल्सीना, माया बराल, सीता गुरुङ, सकुन्तला गुरुङ, हिरादेवी शर्मा, आनन्दी कार्की राणाको नाम सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ बाट उपमेयरमा सकुन्तला कोइराला र गंगा केसी सिफारिस भएका छन् भने क्षेत्र नम्बर ४ बाट मुक्तीप्रसाद तिमिल्सीनाको नाम सिफारिस भएको छ ।

सिफारिस मध्ये मेयरमा रामजी कुँवर, अशोक पालिखे र देवराज चालिसे तथा उप मेयरमा पत्रकार सरस्वती गुरुङ र कोपिला रानाभाटको सम्भावना बलियो रहेको कांग्रेस निकट श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment