Comments Add Comment

प्रधानमन्त्रीले दलहरुलाई सोधेः मतगणना कहिले गर्ने ?


१५ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएर मतगणना दुई चरणमा गर्ने कि एकै चरणमा गर्नेर राय मागेका छन् । उनले संविधान संशोधन विधेयक र बजेटबारे पनि परामर्श गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक पारित गरेर सबै राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका छन् ।

साथै पहिलो चरणको चुनावपछि मतगणना गरिहाल्ने कि दुई चरणको चुनाव सकेर एकै चरण गर्ने भनेर राय मागेका छन् । उनले दोस्रो चरणको चुनाव जेठ ३१ मा गर्ने निर्णय भइसकेको भन्दै जेठ १५ को बजेट गर्ने भन्ने भनेर राय मागे ।

धेरै दलले दुबै चरणको मतदानपछि मतगणना गर्नु उपयुक्त हुने राय दिएका छन् । संशोधन र बजेटबारे भने सत्ता र प्रतिपक्षी दलहरु विभाजित देखिए ।

प्रतिपक्षीलाई गुमराहमा राखियोः एमाले

बैठकमा प्रमुख प्रतिपक्षी एमालेबाट अग्नि खरेल र भानुभक्त ढकाल लगायतका नेता सहभागी भएका थिए ।

संविधान संशोधन विधेयक दर्ता गर्दा आफूहरुसँग कुनै परामर्श र सहमति नगरिएको भन्दै एमाले नेता खरेलले समर्थन गर्न नसक्ने बताएका छन् । साथै संशोधनमा अर्को संशोधन हाल्ने सत्तारुढ दल र मधेसी मोर्चाको सहमति भएको भन्दै उनले भने, प्रतिपक्ष र सदनलाई गुमराहमा राख्ने काम भएको छ ।’

एमालेले दुई चुनावको बीचमा बजेट ल्याउने प्रस्ताव पनि स्वीकार्य नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment