Comments Add Comment

नयाँ शक्ति र फोरमले बनायो निर्वाचन समन्वय संयन्त्र

१५ बैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले निर्वाचन समन्वय संयन्त्र गठन गरेका छन् । यस्तो संयन्त्र प्रदेश, जिल्ला र स्थानीय तहमा समेत बनाइनेछ ।

चुनावी तामेलन गर्ने सहमत नयाँ शक्ति र संघीय फोरमको शुक्रबार बसेको बैठकले दुबै दलबाट ६-६ जना रहेको निर्वाचन समन्वय संयन्त्र गठन गरेको छ ।

संयन्त्रमा फोरमबाट हेमराज राई, दान ब. वि.क, अजम्बर राई काङवाङ, धिरेन्द्र श्रेष्ठ, गणेश योजन र लालध्वज तामाङ छन् भने नयाँ शक्तिबाट रामचन्द्र झा, दुर्गा सोब, देवेन्द्र पौडेल, परशुराम खापुङ, परसुराम तामाङ र खिमलाल देवकोटा छन् ।

प्रदेश, जिल्ला तथा स्थानीय तहमा समेत संयन्त्र गठन गर्ने दुई दलको सहमति छ । साथै साझा उमेदवारहरुलाई विजयी बनाउन हरसम्भव प्रयास गर्न संयूक्त रुपमा पार्टी पंक्ति परिचालन गर्ने नायाँ शक्ति र फोरमको सहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment