Comments Add Comment

कुलमानले भने- बिमा कम्पनीले फाष्ट ट्र्याकमा क्षतिपुर्ति दिनुपर्‍यो


१५ वैशाख काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलामन घिसिङले देशका बिमा कम्पनीले जलबिद्युत कम्पनीको क्षतीपुर्ति समयमै नदिएको गुनासो गरेका छन् ।

बिमान कम्पनीले भूकम्पपश्चात पाउनुपर्ने दावीबापतको रकम समयमै नपाएको बताउँछन् । उनले भने ‘क्षति पश्चात जलबिद्युत कम्पनीले बिमा कम्पनीसँग क्षतिपुर्ति दावी गर्दा समयमै पाएका छैनन, यस प्रक्रियालाई सहज गराउन सकेमात्रै सबै जलविद्युत् कम्पनी बिमाप्रति आकषिर्त हुन सक्छन् ।’

काठमाडौमा शुक्रबार आयोजित जलविद्युत तथा पूर्वाधार आयोजना निर्माणमा बिमाको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले देशमा रहेका बिमा कम्पनीको क्षमतामा पनि वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् ।

बिमा कम्पनीले जोखिम बहन गर्न सक्ने क्षमतामा अभिवृद्धि गरेमात्रै देशका जलविद्युत् कम्पनी बिमामा आकषिर्त हुने उनको भनाइ छ । जोखिम व्यवस्थापनको क्षमता अभिवृद्धि नगर्दासम्म जलविद्युत आयोजनामा बिमाको औचित्य नहुने घिसिङ बताउँछन् ।

स्वतन्त्र उर्जा उत्पादक संघका शैलेन्द्र गुरागाईले पनि बिमा कम्पनीले समयमै क्षतीपुर्ति बापतको रकम नदिएको बताए ।

उनले भने ‘भूकम्पमा ठुला क्षती भएका ६ वटा जलबिद्युत कम्पनीले अहिलेसम्म क्षतीपुर्ति पाएका छैनन्, संख्यमा धेरै दिएको देखाउन कम क्षति मात्रै भएका बिमा कम्पनीलाई क्षतिपुर्ति प्रदान गरिएकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment