Comments Add Comment

दिल्लीलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लियो

१५ बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा कोलकत्ता नाइट साइडर्सले दिल्ली डेयरडेभिल्सलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ ।

दिल्लीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकत्ताले मात्र १६.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसले पहिलो विकेट भने सुरुमा नै गुमाएको थियो । सुनिल नरिन मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो ।

तर, गौतम गाम्भीर रोविन उथप्पासँग शतकीय साझेदारी गरे । १०८ रनको साझेदारी गर्दै जितको आधार बनाएका उथप्पा ५९ रनमा आउट भए । मनिष पाण्डे ५ रनमा आउट भए । तर, गाम्भीरले ज्याक्सनसँग मिलेर टिमलाई जिताए ।

गाम्भीर ७१ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि सञ्जु सामसुनले ६० र श्रीयाष आयरले ४७ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

नाथन कल्टर नाइलले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment