Comments Add Comment

एमालेलाई मनाउने माओवादी प्रयास असफल, संशोधन पास हुन नदिने अडान कायमै

बालुवाटारमा लगातार दुर्इ दिन वार्ता

फाइल फोटो

१५ बैशाख, काठमाडौं । संविधान संशोधनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमति लिने सत्तारुढ नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले लगातार दुई दिन एमाले शीर्ष नेताहरुसँग वार्ता गरे । शुक्रबार पनि सर्वदलीय बैठक सकिए लगतै माओवादी र एमालेका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

तर, कुनै सहमति हुन सकेन । एमाले नेताहरुले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधन विधेयक यथास्थितिमा स्वीकार्य नभएको प्रष्ट बताएका छन् । साथै सरकार र मधेसी मोर्चाबीच सहमति भए अनुसार आउने संशोधन पनि एमालेलाई अमान्य हुने बताएका छन् ।

स्रोतले भन्यो, ‘संविधान संशोधन कुनै हालतमा पास हुन दिँदैनौं भन्ने एमालेको अडान कायमै छ ।’

संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले पछिल्लो दिनमा एमाले नेतृत्वको विपक्षी गठवन्धनमा रहेका साना दलहरुसँग पनि सम्वाद गरेका छन् ।

[sam_list] तर, अझैसम्म संशोधन विधेयक पास गर्न चाहिने दुई तिहाई बहुमत प्रष्ट देखिएको छैन । यद्यपि सत्तारुढ नेताहरु आफूहरुसँग दुई तिहाई भएको दाबी गर्छन् ।

एमालेले बजेट ल्याएर दोस्रो चरणमा चुनाव गर्ने निर्णय पनि स्वीकार्य नहुने अडान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment