Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः कसरत दुई तिहाइकै

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा दुई तिहाइ पुर्याउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छुट्टाछुट्टै संवादको तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि प्रचण्ड यस्तो रणनीतिमा लागेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

यसका साथै आजका पत्रपत्रिकाहरुले डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको सबै विवरण झुटो भएको खबर पनि पत्रिपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

व्यवस्थापिकमा संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव पारित गराउन प्रधानमन्त्रीले सर्वदलीय बैठकमा गरेको आग्रहलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमै दलहरुको उम्मेदवार छनोटबारेको अर्को जानकारीमूलक सामग्री छ ।

कान्तिपुर दैनिकले संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ पुर्याउन सत्तारुढ दल कसरतमा लागेको भन्दै मुख्य खबर लेखेको छ । सिलवालको कागजात फर्जी भएको विषयलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

‘निर्वाचनपछि बजेटः एकैपटक गणना’ शीर्षक दिएर मुख्य खबर लेखेको राजधानी दैनिकले १० वर्षदेखि बजेटमा राजनीति भएको जनाएको छ ।

नयाँ पत्रिका दैनिकले बजेट सारेर प्रधानमन्त्रीले निर्वाचन गर्न आग्रह गरेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा सर्वदलीय बैठकको गतिविधिका साथै डिआइजी नवराज सिलवालले सर्वोच्चमा किर्ते कागज पेश गरेको खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment