Comments Add Comment

जहाँ खानेपानी पाइपबाट दूध झर्छ


१६ वैशाख, काठमाडौं । खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ ।

पाँछ किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटीखेल बजारमा पाँच मिनेटमै झर्छ । ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटीखेलमा मात्रै होइन, बखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ ।

गोटीखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदा भने दैनिक सात सय लिटरसम्म दूध संकलन हुने गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment