Comments Add Comment

महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा


१६ वैशाख, पोखरा । स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकवाट राजीनामा दिएका छन् ।

नेपाली काँग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा परेका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिए ।

उनी सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आइरहेका थिए । काँग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उनीसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment