Comments Add Comment

ओप्पोले तीन महिनामै बेच्यो साढे २ करोड थान स्मार्टफोन, झण्डै ३० प्रतिशतको वार्षिक बृद्धिदर


१६ वैशाख, काठमाडौं । बिश्वको चौथो ठूलो स्मार्टफोन उत्पादक ओप्पोले सन् २०१७ को पहिलो त्रैमासमा पनि आफ्नो उच्च बृद्धिदरलाई कायम राखेको छ ।

ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले प्रकाशन गरेको सन् २०१७ को पहिलो त्रैमासको नतिजाअनुसार यो अबधिमा ओप्पोले २५ दशमलव ६ मिलियन (२ करोड ५६ लाख) थान विक्रि गरेको छ ।

यो परिमाण झण्डै २९ दशमलव ८ प्रतिशतको बाषिर्क बृद्धिदर भएको आईडीसीले जनाएको छ । यो अबधिमा पनि ओप्पो बिश्वको चौथो ठूलो स्मार्टफोनका रुपमा रहेको छ ।

आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनिया बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गिय क्यामेरा केन्दि्रत आरनाइन एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेदनले जनाएको छ ।

एसियाका अन्य भाग तथा मध्य पूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो विक्री सञ्जाल मार्फत आफ्नो उपस्थिति जनाउन सफल हुँदै गएको छ । भारतिय बजारको ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकाले लागि परेको छ । त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रि पछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको प्रतिवेदन मार्फत जानकारी दिइएको छ ।

ओप्पो, विश्वभरका यूवा पुस्ता माझ सर्वाधिक लोकपि्रय क्यामेरा फोन ब्राण्ड हो ।

विगत १० बर्षदेखि मोबाइल फोटोग्राफीमा नवप्रबर्तनात्मकता उत्पादनहरु पस्कँदै उत्कृष्ट क्यामेरा फोन उत्पादनमा ओप्पो केन्दि्रत छ । सेल्फी ब्यूटिफिकेशन युगको सुरुवात गर्ने ओप्पो ५ मेगापिक्सलको रियर र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध गराउने पहिलो स्मार्टफोन ब्राण्ड पनि हो ।

साथै, मोटोराइज्ड (मोटरको प्रयोग गरिएका) रोटेटिङ क्यामेरा, अल्ट्रा एचडी फिचर र फाइभ एक्स डुअल क्यामेरा जुम प्रविधि लगायत सार्वजनिक गर्नेे श्रेयपनि ओप्पोलाई नै जान्छ । सन् २०१६मा सेल्फी एक्स्पर्ट एफ सिरिज सार्वजनिक गर्दै ओप्पोले स्मार्टफोन उद्योगमा सेल्फी ट्रेण्डको थालनी गर्यो ।

आज ओप्पोले विश्वभरका १० करोड भन्दा बढी यूवा पुस्तालाई उत्कृष्ट स्मार्टफोन फोटोग्राफी अनुभव प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment