Comments Add Comment

सुदूरपश्चिममा दुई पाङ्ग्रे सवारीको बिक्री बढ्यो


१६बैशाख , कैलाली । व्यावसायिक गतिविधि बढेपछि सुदूरपश्चिममा पनि दुई पाङ्ग्रे सवारी साधनको कारोबार उच्चस्तरमा बढेको छ । धनगढीमा मात्रै एक वर्षमा करोडौं रुपैयाँका मोटरसाइकल बिक्री भएका छन् ।

गत बैशाखदेखि हालसम्म धनगढीमा ५ हजारभन्दा बढी नयाँ मोटरसाइकल विक्री भएको विभिन्न विक्रेता कम्पनीले जनाएका छन् । धनगढीमा बजाज, होन्डा र हिरो, यामाहा, सुजुकी, युएम लगायतका कम्पनीका मोटरसाइकलको कारोबार हुने गर्छ ।

धनगढीमा एक बर्षमा सवैभन्दा बढी मोटरसाईकल विक्री गर्नेमा बजाज कम्पनी अगाडि छ । बजाजका १ हजार २ सय ८० वटा मोटरसाईल विक्री भएको धनगढीका लागि आधिकारीक बिक्रेता दिनेश अटोमोटिभ्सका प्रबन्धक यम ढकालले बताए ।

उनले बजाज कम्पनीका १ लाख ५० हजारदेखि ४ लाख ५९ हजार मुल्यका मोटरसाईकल विक्री गर्दा एक बर्षमा २५ करोडको कारोबार भएको बताए ।

केही वर्षअघिसम्म विलासिताको वस्तु मानिने मोटरसाइकल आज भोली आवश्यकताको साधन बनेको छ । मानिसको आम्दानी र व्यवसायको दायरा बढेसँगै मोटरसाइकल अत्यावश्यक साधन भएको छ । यसले गर्दा प्रतिदिन मोटर साइकलको कारोबारमा वृद्धि भएको छ ।

हिरो मोटरसाईको धनगढीका लागि आधिकारीक विक्रेता विशेष अटोमोटिभ्सका प्रबन्ध निर्देशक पुष्कर ओझाले एक बर्षमा १ हजार १ सय ९५ मोटरसाइकल विक्री गरेको बताए । उनले हिरो कम्पनीका मोटरसाइकल अन्य कम्पनीका मोटरसाइकल भन्दा केही सस्तो भएका कारण किसान, कर्मचारी तथा निम्न आय स्तर भएका ब्यक्तिको रोपर्ने गरेको बताए ।

धनगढीमा रहेका अधिकृत बिक्रेता मार्फत हाल ७ वटा कम्पनीका मोटरसाइकल विक्री भईरहेका छन् । ग्राहकको मागलाई मध्यनजर गदै यामाहा, सुजुकी, बजाज, हिरो, होन्डा, टिभिएस् र अमेरीकी कम्पनी युएम मोटर साइकल यहाँको बजारमा उपलब्ध छन् ।

होन्डा कम्पनीका आधिकारि विक्रेता कुमारी ट्रेडर्सका संचालक रामगोपाल कर्मचार्यले मोटरसाइकल कम्पनीको कारोबार संगै १७ जनालाई रोजगारी दिएको बताए । उनले एक बर्षमा १ हजार २ सय मोटरसाइकल विक्री गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment