Comments Add Comment

भैँसी सुन्दरी प्रतियोगिता, बिजेतालाई दिइयो ७५ हजार

मान्छेको मात्र होइन कुकुरको सौन्दर्य प्रतियोगिता भएको त सुनिएको थियो । तर पाकिस्तानमा चाहीँ भैँसी सुन्दरी प्रतियोगिता भएको छ ।

पाकिस्तानको उत्तरी स्वात जिल्लाको सदरमुकाम मिंगोरामा भएको तिन दिने भैँसी सौन्दर्य प्रतियोगितामा किसान तथा भैँसी प्रजननकर्ताहरु आ आफ्ना भैँसी लिएर सहभागी भए ।

भैँसीको नश्ल सुधारलाई बढावा दिनका लागि उक्त प्रतियोगिता भएको बताइएको छ । प्रतियोगितामा भैँसीको सुन्दरता तथा उसको दुध दिने क्षमता दुबैलाई ध्यान दिइएको थियो ।

अन्तराष्ट्रिय पशु अनुसन्धान संस्था तथा कृषि आविष्कार कार्यक्रमले प्रान्तिय पशु तथा दुग्ध विकाश विभाग र पेशावर कृषि विश्वविद्यालयसँगको सहकार्यमा भैँसीको सौन्दर्य प्रतियोगिता गरेको हो । यसमा अमेरिकी सहयोग नियोग युएसएडले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

अजिखेली जातको भैँसीहरुलाई मात्र प्रतियोगितामा सहभागी गराइएको थियो । उक्त नश्ल केवल स्वात उपत्यकामा मात्र पाइन्छ भने चिसो मौसममा पनि अनुकुलित हुन सक्दछ ।

प्रतियोगितामा स्वातका विभिन्न क्षेत्रबाट झण्डै २ सय अजिखेली भैँसी सहभागी भएका थिए ।

प्रतियोगितामा चार विधा राखिएको थियो । जसमा सुन्दरता, दुग्ध उत्पादन, साँढे र बाच्छा बाच्छी रहेका थिए ।

त्यस अन्तरगत हरेक विधाका ६।६ जना उत्कृष्ट भैँसीका मालिकलाई नगद पुरस्कार, भैँसीका दाना र सामानहरुका साथै प्रमाणपत्र दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment