Comments Add Comment

बाहुबलीका डरलाग्दो कालकेय, असली जीवनमा लजालु

जब फिल्म बाहुबलीमा कालकेयको इन्टि्र हुन्छ, दर्शकको मुटु थर्कमान हुन्छ । उनको हुलिया, हाउभाउ, अनौठो भाषाले दर्शकका मुटुमा झट्का हान्छ ।

उनको भूमिका फिल्मको पहिलो भाग अर्थात बाहुबली द विगिनिङमै टुंगिन्छ । झट्ट हेर्दा लाग्छ, कालकेयको भूमिका निर्बाह गर्ने व्यक्ति डरलाग्दो, आक्रमक होलान् । तर, वास्तविक जीवनमा उनी नम्र छन् र लजालु पनि ।

उनको खास नाम, प्रभाकर हो । दक्षिण भारतिय फिल्ममा उनी चिनिएका नाम हुन् । उनी यस फिल्मभन्दा अघि मर्यादा रमन्नाबाट लाइमलाइटमा आएका थिए । बाहुबलीमा उनी भयानक क्रुर देखिन्छन् । तर, वास्तविक जीवनमा उनी निकै लजालु छन् ।

उनी महबूबनगर जिल्लाका एक सानो गाउँ कोडंगलमा बस्छन् । खासमा उनी फिल्ममा काम गर्न चाहदैनथे । उनी क्रिकेटका सौखिन थिए । र, क्रिकेटर बन्न चाहन्थे । १२ कक्षा पास गरेपछि उनी एक बिवाह समारोहमा हैदराबाद पुगे, त्यहाँ उनको व्यक्तित्व देखेर आफन्तले रोल्बे पुलिसमा जागिर लगाइदिने आश्वसन दिए ।

त्यसपछि उनले ६ बर्षसम्म जागिरको लागि पर्खिरहे । तर, जागिर मिलेन । प्रभाकर हैदराबादमै जागिर खोज्दै थिए त्यहीबेला उनले थाहा पाए कि, एसएस राजमौली आफ्ना नयाँ फिल्मका लागि केहि मान्छे खोजिरहेका छन् । त्यसबेला राजमौली मगधीरा बनाउने क्रममा थिए ।

प्रभाकरको साथीले उनलाई राजमौलीकहाँ पुर्‍याए । राजमौलीले उनलाई देखे तर केहि भनेनन् । त्यसपछि राजमौलीले प्रभाकरलाई राजस्थान लिएर गए । राजस्थानमा मगधीराको छायांकन भइरहेको थियो । त्यहाँ उनले फिल्म छायांकनको काम नजिकबाट नियाले । फेरी हैदराबाद फर्केर जागिर खोज्नतिर लागे ।

एकदिन उनलाई राजमौलीका सहयोगीले फोन गरे । प्रभाकरलाई राजमौलीको घरमा लगियो । राजमौलीले भने, यहाँ तिम्रो लागि मर्यादा रमन्नामा एउटा रोल छ । तर, प्रभाकरलाई अभियन गर्न नआउने । उनले यो कुरा राजमौलीलाई सुनाए, राजमौलीले देवदास कनकलामा अभिनय सिक्नका लागि पठाइदिए । यसका लागि राजमौलीले प्रभाकरलाई मासिक १० हजार रुपैयाँ पनि दिए । त्यो पैसाले उनले आफ्नो सबै ऋण तिरे । वास्तवमा राजमौलीले नै आफुलाई नयाँ जीवन दिएको उनी स्विकार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment