Comments Add Comment

बलिउडमा फ्लप फिल्मको बाढी, चार महिनामा दुई मात्र हिट

सन् २०१७ को पहिलो चार महिना बलिउडमा खासै बहार आएन । यस अवधिमा आएका थोरै फिल्महरुले मात्रै दर्शकको स्यावासी पाए ।

पछिल्लो चार महिना दुईवटा फिल्म मात्रै हिट भए, बद्रीनाथकी दुल्हनीया र जोली एलएलबी २ । दुवै फिल्मले १०० करोडको आँकडा पार गरेर निर्माता तथा वितरकको गोजी भरेको थियो ।

शाहरुख खानको रइसले ठूलो हल्ला मच्चाए पनि व्यापार भने औसत रह्यो । रइससँग टक्कर लिएको ऋतिक रोशनको काबिलले पनि सन्तोषजनक व्यापार गर्न सकेन । यद्यपि फरक-फरक डिस्टि्रब्यूटरलाई फिल्म बेचेर निर्माताले मुनाफा कमाए । रइससँगको टक्करले गर्दा वितरकहरुलाई २५ प्रतिशत घाटा लागेको थियो ।

सानो बजेटको फिल्ममा द गाजी अट्याक र कमान्डो २ ले बल्लतल्ल आफ्नो लगानी उठाए ।

फ्लप फिल्मको सुचीमा सबैभन्दा माथि रह्यो रंगुन । यसपछि ओके जानु, हरामखोर, रनिङ शादी डट कम, इरादा, अलिफ, जीना इसीका नाम है, आ गया हिरो, मेसिन, लालीकी शादीमे लड्डु दिवाना र मिर्जा जुलिएट जस्ता फिल्महरु एकपछि अर्को गर्दै लम्पसार परे । यी सबै फिल्महरुको कुल घाटा १ सय २१ करोड रहेको छ ।

यसैगरी नारी प्रधान फिल्महरुले पनि ठूलो धक्का खानु परेको छ । अनुष्का शर्माको फिल्लौरी, विद्या बालनको बेगम जान, सोनाक्षी सिन्हाको नूर, तापसी पन्नूको नाम शबाना र रवीना टन्डनको मातृबाट निर्माता र वितरकलाई १४ करोड भारु घाटा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment