Comments Add Comment

एमालेलाई मनाउने कांग्रेसको प्रयास पनि असफल

ओलीले देउवालार्इ भने-एमाले विना दुई तिहाई नसोचे हुन्छ

१६ बैशाख, काठमाडौं । संविधान संशोधनमा प्रमुख विपक्षी नेकपा एमालेलाई मनाउने सत्तारुढ नेपाली कांग्रेसको प्रयास पनि असफल भएको छ ।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए ।

बैठकमा कांग्रेस नेताहरुले चुनाव गराउनु पर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्ताव गरेका छन् ।

तर, एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै एमाले अध्यक्ष केपी ओलीले ‘एमाले विना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचेपनि हुन्छ’ भनेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेका थिए । तर, संशोधन पास हुन नदिने एमाले अडान कायमै छ ।

यो पनि पढ्नुहोस्

संविधानको पूर्णतामा एमालेले हस्ताक्षर गर्छ कि छुट्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment