Comments Add Comment

उर्जामन्त्रीले उद्योगीलाई भने-विजुली कति चाहियो ? माग्नुस्, हामी दिन्छौं

भैरहवा पनि लोडसेडिङमुक्त घोषणा हुने


१६ बैशाख, भैरहवा । उर्जामन्त्री जनार्दन शर्माले भैरहवा क्षेत्रका उद्योगहरुलाई आवश्यक विद्युत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । शनिबार सिद्धार्थ उद्योेग वाणिज्य संघ भैरहवा द्धारा आयोजित उर्जामन्त्रीको स्वागत तथा छलफल कार्यक्रममा उर्जामन्त्री भैरहवा क्षेत्रको उद्योगहरु नियमित सञ्चालन गर्नका लागि आवश्यक विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा उनले भने,’यस क्षेत्रको उद्योगहरु नियमित रुपमा संचालन गर्नका लागि तपाईंहरुलाई कति मेगावट विद्युत चाहिन्छ, कहिले चाहिन्छ, निवेदन दिनुस, हामीले तपाईहरुलाई विद्युत उपलब्ध गराउँछाैं ।’

उनले थपे,’यो सरकार, मन्त्री, विद्युतका प्रवन्ध निर्देशक, सचिव जनता र देश विकासको लागि काम गर्ने हुन् । त्यसैले तपाईंहरुलाई कति विद्युत चाहिन्छ, त्यो पनि भन्नुस्र, हामीले त्यही अनुसार काम गछौँ ।’

उनले एक वर्षभित्र देश पूर्ण रुपमा लोडसेडिङ मुक्त हुने दावी गरे । लोडसेडिङ अन्त्यका लागि जलविद्युत्का क्षेत्रमा थुप्रै काम भइरहेको बताउँदै उनले पहिलो चरणमा अहिले देशका मुख्य शहरहरुमा लोडसेडिङ अन्त्य गर्ने काम भइरहेको बताए ।

एक वर्षभित्र उज्यालो नेपाल बनाउन आफूले दिन-रात नभनी काम गरिरहेको बताउँदै मन्त्री शर्माले अबको केही समयमै निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनाहरु पुरा भएपछि देशका अधिकांश शहरहरुमा लोडसेडिङ अन्त्य हुने बताए ।

उनले मन्त्रालयहरुबीच नै राम्रो समन्वय नहुदाँ केही समस्या उत्पन्न भएपनि आफुरुले समस्यालाई चिर्दै अघि बढिरहेको बताए । उनले विद्युत कम खपत गर्ने बल्ब वितरण गर्न लागे पनि केही विरोध भएको बताए ।

उनले भने,’हामीले कम विद्युत खपत हुने बल्ब वितरण गर्न लागेपनि मन्त्रीहरुले वितरण बल्ब वितरण गर्नुहुन्न भन्नुहुन्छ । कमिसनमा बाँच्ने देश रहेछ । आज त्यो बल्ब वितरण भएमा २ सय मेगावट विद्युत बचत हुन्छ । यहाँ त नेता, मन्त्रीहरुलाई नै बुझाउन सकेको छैन ।’

साथै उनले आफूहरुले ७ वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना रहेको कारण हजारौँ जनालाई रोजगारी दिने मिल्ने जस्ता ठुल्ठुला नयाँ उद्योगहरु पनि संचालनमा ल्याउन आग्रह गरे ।

अहिले भारतबाट ल्याइएको विद्युत् कम भोल्टेजको आउँदा भैरहवा लगायत देशका केही स्थानहरुमा समस्या उत्पन्न भएको बताउँदै मन्त्री शर्माले अबको केही समयमै नेपाल आफैले गुणात्मक विद्युत उत्पादन गरी आफ्नो उत्पादनको आफै सदुपयोग गर्ने बताए ।

साथै उनले पूर्व पश्चिममा ७ सउ ६५ केभिए प्रशारण लाइनको काम पनि अन्तिम चरणमा रहेको बताए । यस क्षेत्रका लागि १ सय ३२ केभिए लाइन आवश्यक रहेको महसुस गर्दै उनले भने,’यस क्षेत्रमा १ सय ३२ केभीएको लाइन ल्याउनका लागि जग्गा समस्या हो, त्यसमा तपाइर्ंहरुले सहयोग गर्नुस् लाइन आइहाल्छ ।’

भैरहवा क्षेत्रमा १ सय ३२ केभीए सिद्धार्थ राजमार्ग हुदै लाइन ल्याउन लागेको अवस्थामा जिल्लाको तिलोत्तमा नगरपालिकावासीले अवरोध गरेको कारण भैरहवा १ सय ३२ केभिएको लाइन आउन सकेको छैन।


नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउने अभियान अन्तर्गत काठमाडौं पूर्ण रुपमा लोडसेडिङ मुक्त भएको र अब विस्तारै बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताए ।

उनले लोडसेडिङ कम हुनुमा व्यवस्थापकीय कार्य नै महत्वपूर्ण भएको भन्दै अब छिट्टै देश लोडसेडिङमुक्त हुने बताए । उनले लाइन सब स्टेशन, ट्रान्समिसनलाई अपग्रेड गर्ने काम भैरहेको बताउँदै प्राधीकरणले चरणबद्ध रुपमा काम गरिरहेकाले चाँडै नै भैरहवालाई पनि लोडसेडिङमुक्त घोषणा गरिने बताए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले भारतबाट ल्याइएको कम भोल्टेजको विद्युतका कारण उद्योगीहरुले समस्या खेप्नु परेको बताए ।

उनले भैरहवामा १ सय ३२ केभिए प्रशारण लाइन ल्याउन ढिलो भएको बताउँदै राष्ट्रिय गौरवका आयोजनाहरु संचालनमा ल्याउन पनि १ सय ३२ केभीए प्रशारण लाइन अनिवार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment