Comments Add Comment

बिदेशीले बनाइदिए पोखरामा ‘अन्नपूर्ण स्केटपार्क’

१६ बैशाख, पोखरा । नेपालकै पहिलो अन्र्तराष्ट्रिय स्तरको सार्वजनिक स्केटपार्क पोखरामा बनेको छ । अन्र्तराष्ट्रिय स्केटिङ संघसँग आबद्ध बिदेशी संस्था ‘मेक लाईफ, स्केट लाईफ’ले पोखरा रंगशालामा ‘अन्नपूर्ण स्केटपार्क’ बनाएको हो ।

स्केटपार्कको शनिबार उद्घाटन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र ‘मेक लाईफ, स्केट लाईफ’का अप्रेसन म्यानेजर जोन चकोहसले संयुक्त रुपमा उद्घाटन गरे ।

‘मेक लाईफ, स्केट लाईफ’ले स्केटपार्क क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरेको छ ।

पोखरा रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय स्क्वायर क्षेत्रमा स्केटपार्क निर्माण गरिएको हो ।

२२ दिनअघि ‘मेक लाईफ, स्केट लाईफ’ संस्थामा आबद्ध अमेरिका, बेलायत, जापान, डेनमार्क, अष्टे्रलियालगायत २० देशका ३५ जना स्केटर्सहरु पोखरा आएर स्केटपार्क निर्माण शुरु गरेका थिए ।

निर्माणका लागि आवश्यक ईञ्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति उनीहरु नै हुन् । उनीहरुले आ-आफ्नो सीप अनुसार माटो खन्ने, सम्याउनेदेखि रड, जाली लगाउने र सिमेन्टेड गर्नेसम्म आफैंले गरेका हुन् । स्केटपार्क निर्माण गर्न २२ हजार डलर अर्थात करीब २३ लाख नेपाली रुपैयाँ खर्च भएको ‘मेक लाईक, स्केट लाईफ’का अप्रेसन म्यानेजर जोन चकोहसले बताए ।

‘मेक लाईफ, स्केट लाईफ’ले स्केट खेलको विकास र बिस्तार गर्ने उद्देश्यले जुन देशमा पूर्वाधार छैन, त्यहाँ पूर्वाधार निर्माण गनर् ेगरेको उनले बताए । स्केटपार्कले स्केट खेलाडी उत्पादन गर्दै स्केट खेलको विकासमा सघाउने आफूरुको विश्वास रहेको बेल्जियमकी किमले बताइन् ।

स्केटपार्क निर्माणसँगै उनीहरुले १ सय २२ वटा स्केट बोर्ड पनि त्यहाँ उपस्थित स्केट लभर्सहरुलाई वितरण गरेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

स्केटिङ सिकाउनका लागि केही समय प्रशिक्षक पनि उपलब्ध गराउने आश्वासन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment