Comments Add Comment

गोरखामा कांग्रेस र एमालेले पनि छान्यो उम्मेदवार

१६ बैशाख, गोरखा । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार टुंगो लगाएका छन् ।

कांग्रेसले दुई नगरपालिका बाहेक सबै गाउँपालिकामा उम्मेदवार छनोट गरेको छ । धार्चे गाउँपालिकाको अध्यक्षमा सन्तोष गुरुङ र उपाध्यक्षमा फुलमाया गुरुङको उम्मेदवारी पक्का भएको छ ।

सुलिकोट गाउँपालिकामा इन्द्रकुमार गुरुङ अध्यक्ष र जनककुमारी कोइरालाले उपाध्यक्षमा उमेदवारी दिने भएका छन् । आरुघाट गाउँपालिकाको अध्यक्षमा पूर्ण दाहाल र उपाध्यक्ष कल्पना नेपाली, अजिरकोटको अध्यक्षमा फणिन्द्र धिताल र उपाध्यक्षमा चन्द्रमाया गुरुङलाई उम्मेदवार बनाइने कांग्रेसले जनाएको छ ।

सिरानचोक गाउँपालिकाको अध्यक्षका लागी राजु गुरुङ र उपाध्यक्षका लागी रिता देवकोटा, शहिद लखनको अध्यक्षका लागी कृष्ण आले र उपाध्यक्षका लागी सर्मिला श्रेष्ठ, गण्डकी गाउँपालिकाको अध्यक्षमा होम बहादुर गुरुङ र उपाध्यक्षमा ललिता अधिकारीको उमेदवारी पक्का भएको काग्रेस स्रोतले जनाएको छ ।

भिमसेन गाउँपालिकाको अध्यक्षमा ईश्वर पाण्डे र उपाध्यक्षमा बिनु वाग्लेको नाम पक्कापक्की भएको छ । चुमनुव्रीको अध्यक्षको उमेदवारको लागि छेवाङ ग्लाल्जेन लामाको नाम लगभग पक्का भएको छ ।

गाउँपालिकाका बाँकी उम्मेदवार र गोरखा नगरपालिकाको मेयर र उपमेयरको उमेदवारको १८ गतेभित्र तय हुने कांग्रेसले जनाएको छ ।

एमालेले पनि छान्यो उम्मेदवार

यस्तै एमालेले पनि अधिकांश गाउँपालिकाको उमेदावरको टुङ्गो लगाएको छ । एमालेले चुमनुव्री गाउँपालिकाको अध्यक्षमा सुर्यकुमारी गुरुङ र उपाध्यक्षमा लोपसाङ लामालाई उम्मेदवार बनाउने पक्का भएको छ ।

धार्चे गाउँपालिकाको अध्यक्षमा कमानसिं गुरुङ र उपाध्यक्षमा सुस्मिता घले, सुलिकोट गाउँपालिकाको उपाध्यक्षमा कृष्ण कुमारी गुरुङको उमेदवारी पक्का भएको छ तर, अध्यक्षमा भने सहमति हुन बाँकी छ । अध्यक्ष पदका लागी चार जना आकांक्षी भएपनि धनिराम घलेको सम्भावना बलियो छ ।

अजिरकोट गाउँपालिकाको अध्यक्षमा गुणबहादुर भुजेल र उपाध्यक्षमा गिता सापकोटा, शहिद लखन गाउँपालिकामा मनोज जोशी अध्यक्ष र लुना थापा मगर एमालेबाट उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

सिरानचोक गाउँपालिकाको अध्यक्षमा प्रेम गुरुङको नाम पक्का भएपनि उपाध्यक्षको अझै टुङ्गो लाग्न सकेको छैन । त्यस्तै भिमसेन गाउँपालिकाको अध्यक्षमा सुरेश बाबु श्रेष्ठको नाम पक्का भएको छ । तर, उपाध्यक्षको भने अझै टुङ्गो लागेको छैन । आरुघाट गाउँपालिकाको अध्यक्षमा बकबहादुर लामा र टेक राज भट्ट तथा उपाध्यक्षमा मिना बराम र कल्पना खड्काको सम्भावना बढी छ ।

पालुङटार नगरपालिकाको मेयरमा जुद्धबिलास भण्डारीको नाम पक्का भएको एमाले स्रोतले बताएको छ । नगरपालिका र गाउँपालिकाको बाँकी उम्मेदवार भने भोलि टुङ्गो लगाउने एमालेले बताएको छ ।

माओवादी केन्द्रले सबै उमेदवारको टुङ्गो लगाइसकेको छ भने केही गाउँपालिकाको उम्मेदवार टुङ्गो लगाएको राप्रपाले १८ गतेसम्म सबै उमेदवार तय गर्ने बताएको छ ।

उम्मेदवारटको टुङ्गो लागेको बताउँदै आएको नयाँ शक्ति पार्टी नेपालले नाम भने सार्वजनिक गर्न आनाकानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment