Comments Add Comment

एमाले बैठकः काठमाडौंको मेयरका लागि तीन जनाको नाम पेश, केशव स्थापित परेनन्

१६ वैशाख, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि तीन जनाको नाम पेश भएको छ । यो सूचीमा पूर्वमेयर केशव स्थापित भने परनन् ।

स्थायी कमिटीको बैठकमा प्रदेश नम्बर ३ की संयोजक एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीन जनाको नाम पेश गरेकी हुन् ।

स्रोतका अनुसार मेयरको उम्मेदवारका लागि विद्या सुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम पेश भएको छ ।

जिल्ला कमिटीले ५ जनाको नाम पठाएको थियो । तर, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम प्रदेशबाट अघि बढेन । तर, प्रदेश कमिटीले केन्द्रीय सदस्य साविभा भुसालको नाम भने थपेको छ ।

उपमेयरमा इन्दिरा पन्त, रत्न गुरुङ र शान्ति अधिकारी बस्नेतको नाम पेश भएको छ । उपमेयरका लागि सिफरिस भएकी शंकर पोखरेलकी पत्नी सुजिता शाक्यको नाम प्रदेशबाट अघि बढ्न सकेन ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले प्रस्तावित नामबाटै उम्मेदवार तोकिने अनलाइनखबरलाई बताए । एमालेले महानगरको उम्मेदवार छनोट गर्ने जिम्मा स्थायी कमिटीमा राखेको छ ।

ललितपुर महानगरको मेयरका लागि हरिकृष्ण व्यञ्जनकारसँगै ज्ञानेन्द्र शाक्यको नाम पनि पेश भएको छ ।

भरतपुर महानगरको मेयरका लागि विजय सुवेदी, देवी ज्ञवाली र केशवलाल श्रेष्ठको नाम पेश भएको छ । तीनै जना जिल्लाबाट आएको थियो । महानगरको उम्मेदवार टुंगो लगाउन अझै सहमतिमो प्रयास गर्ने र नभए स्थायी कमिटीले टुंगो लगाउने एमालेले जनाएको छ ।

एमालेका अनुसार प्रदेश नम्बर ३ मार्ने सिन्धुली रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चिचवन र ललितपुरको अधिंकाश उम्मेदवार टुंगिएको र बाँकी पनि भोलिसम्म टुंगिने बताएको छ ।

साथै प्रदेश नम्बर ६ मा पनि सबै उम्मेदवार चयन भइसकेको छ । प्रदेश नम्बर ४ को हकमा पछि छलफल हुनेछ ।

तय भइसकेका उम्मेदवारहरुलाई मनोनयनको प्रमाणपत्र समेत पठाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment