Comments Add Comment

गृहजिल्ला रुपन्देहीमा तेरियालाई सम्मान


१६ बैशाख, भैरहवा । भारतीय च्यानलबाट प्रसारित रियालिटी शो डान्स इण्डिया डान्स (डिआइडी) र झलक दिखलाजा कार्यक्रमकी विजेता तेरिया फौजा मगरलाई उनको गृह जिल्ला रुपन्देहीमा सम्मान गरिएको छ ।

भैरहवाका समाजसेवी सत्यलाल हिराचनले तेरियाले झलक दिखलाजाको विजेता भई अन्तराष्ट्रिय जगतमा नेपाल र नेपालीको नाम फैलाउन सफल भएकोमा नगद र सम्मानपत्र सहित सम्मान गरेका छन् ।

शनिवार भैरहवामा एक कार्यक्रमको आयोजना गरी तेरियालाई एक लाख रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको कार्यक्रमकी संयोजक रमिता थापा मगर केसीले बताइन् ।

राष्ट्रिय प्रतिभालाई नागरिक समाजबाट आफ्नो गच्छेअनुसार प्रोत्साहन स्वरुप केही न केही सहयोग गर्नुपर्छ भन्ने मनमा लागेको कारण तेरियालाई सम्मान गरिएको समाजसेवी हिराचनले बताए ।

तेरिया सन् २०१४ मा डिआइडी र सन् २०१७ मा झलक दिखलाजा कार्यक्रमकी प्रथम विजेता भएकी थिइन् ।

कार्यक्रममा तेरियाले ‘डाँफे झै नाँच्ने, हिमाल झै हास्ने, नेपालकी छोरी हु म’ भन्ने गित गाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment