Comments Add Comment

इन्स्टाग्रामको क्रेज, ४ महिनामा थपिए १० करोड प्रयोगकर्ता

फोटो तथा भिडियो शेयरिङ एप इन्स्टाग्रामको लोकपि्रयता पछिल्लो समयमा ह्वात्तै बढिरहेको छ । इन्स्टाग्रामका प्रयोगकर्ताको संख्या ७० करोड नाघेको तथ्यांक छ । पछिल्लो ४ महिनामा मात्रै इन्स्टाग्रामका नयाँ प्रयोगकर्ता १० करोड थपिएका छन् ।

कम्पनीले एक ब्लगमा आफ्ना प्रयोगकर्ताको संख्या बढेर ७० करोड नाघेको जानकारी दिएको हो । उसका अनुसार अन्तिम १० करोड प्रयोगकर्ता सबैभन्दा छिटो थपिएका छन् ।
स्मरण रहोस् इन्स्टाग्रामले पछिल्लो दुई वर्षमा आफ्ना प्रयोगकर्ताको संख्या दोब्बरले वृद्धि गरेको हो । गत डिसेम्बरमा इन्स्टाग्राम प्रयोगकर्ताको संख्यो ६० करोड रहेकोमा मार्च सम्ममा ७० करोड पुगेको छ ।लाइभ भिडियो तथा इन्स्टाग्राम स्टोरिज जस्ता फिचरहरुका कारण इन्स्टाग्रामले यति छोटो समयमा कोशेढुंगा प्राप्त गरेको कम्पनीले विश्वास गरेको छ ।

सन् २०१० को अक्टोबरमा लञ्च भएको इन्स्टाग्रामले स्थापनाको २८ महिनामै आफ्ना प्रयोगकर्ताको संख्या १० करोड पूराएको थियो ।

इन्स्टाग्रामका प्रयोगकर्ताको संख्या ७० करोड पुगेको सन्दर्भमा अब यो छिटै नै फेसबुकको

फेसबुक लगायत उसका विभिन्न भ्रातृ सर्भिसहरु मेसेन्जर तथा ह्वाट्सएपका प्रयोगकर्ता १ अर्ब पुगिसकेका छन् । इन्स्टाग्रामलाई सन् २०१२ मा एक अर्ब डलरमा फेसबुकले किनेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment