Comments Add Comment

संशोधन असफल पार्न ‘सबै उपाय’ लगाउने एमाले निर्णय

फाइल फोटो

१६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन हुन नदिने खेल भइरहेको विश्लेषण गरेको छ । साथै संविधान संशोधन विधेयकलाई असफल बनाउन सम्पूर्ण प्रत्यत्न गर्ने निर्णय समेत गरेको छ ।

एमाले स्थायी कमिटीको शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ माओवादी र कांग्रेस नेताहरुसँग भएको छलफलबारे बि्रफिङ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्न प्राविधिक समस्या देखिएको बनाएको तथा कांग्रेसले संशोधनमा समर्थन गर्न आग्रह गरेको उनले बैठकमा सुनाए । सरकारका पछिल्ला गतिविधि, संशोधन विधेयकका नाममा संसदमा गर्न खोजिएको ध्रविकरण चुनाव हुन नदिने खेलका रुपमा विश्लेषण गर्दै एमालेले बैशाख ३१ मै स्थानीय चुनाव गर्नु पर्नेमा जोड दिएको छ ।

साथै संविधान संशोधन विधेयक फिर्ता लिएर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । ‘संशोधन अघि बढाउन खोजे त्यसलाई असफल पार्न सम्पूर्ण प्रयत्न लगाउने निर्णय भएको छ’ सचिव योगेश भट्टराईले बताए ।

एमालेले संसद अबरुद्ध गर्ने त भनेको छैन । तर, सरकारले जबर्जस्ती विधेयक अघि बढाएर सबै उपाय लगाएर असफल पार्ने भन्दै अवरुद्ध गर्ने संकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment