Comments Add Comment

पहिलो दिन ‘बाहुबली २’को कमाई १२१ करोड


संभवत भारतमा यो इतिहास फेरि बन्न लामो समय कुर्नुपर्ने हुन्छ होला । साउथ चलचित्र ‘बाहुबली २’को पहिलो दिन कमाई अधिकांश बलिउडका ठूला स्टारको चलचित्रले लाइफ टाइम गर्ने व्यापार हो ।

भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय चलचित्रले भारतमा एक दिनमै सय करोड कमायो भने के होला भन्ने अड्कल यस अगाडि लगाइएको थियो । तर, बलिउडका ३ खानका चलचित्रले ३ दिनमा सय करोडको आँकडा पार गरेका थिए ।

तर, शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बाहुवली २’ले आफ्नो प्रदर्शनको पहिलो दिनमै सय करोडको आँकडा पार गरिदिएको छ । ‘कटप्पाले बाहुवलीलाई किन मारे ?’ भन्ने प्रश्नका कारण चर्चामा रहेको यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा १ सय २१ करोडको व्यापार गरेको छ ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रले हिन्दी भर्सनमा ४१ करोड कमाएको छ । चलचित्रले तेलुगु, तामिल र मलायालम भाषामा ८० करोडको व्यापार गरेको छ । प्रवास, अनुष्का सेट्टी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले भारतबाट १२१ करोडको नेट कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको छ ।

बलिउडका ३ खानले यस अगाडि बनाएको सबै रेकर्ड यो चलचित्रले तोडेको छ । शनिबार र आइतबारसम्म चलचित्रले भारतभरबाट ४ सय करोड आसपासको व्यापार गर्ने पक्का देखिएको छ । चलचित्रले विश्वभरबाट पहिलो दिनमै २ सय करोडको ग्रस आँकडा पार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment