Comments Add Comment

‘डायरी’ नचल्ला भन्ने पिर छैन छुल्ठिमलाई


चलचित्र निर्माण गरेपछि सबै निर्माता चल्छ नै भन्नेमा ढुक्क हुन्छन् । नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ पनि आफू निर्मित तथा अभिनित चलचित्र ‘डायरी’ चल्छ भन्नेमा ढुक्क छिन् ।

चलचित्र ‘नोभेम्बर रेन’बाट ‘डल्ली’ क्यारेक्टरले दर्शकको मन जितेकी छुल्ठिम ‘डायरी’ नचल्ला कि भन्ने डर मनमा नभएको सुनाउँछिन् । उनी भन्छिन्-मलाई डर भन्न कत्ती पनि लागेको छैन । चलचित्र राम्रो बनेको छ । ट्रेलरलाई पनि दर्शकहरुले निकै मन पराउनु भएको छ । बरु मेरो मनमा उत्साह र विश्वास छ ।’ बदलाको कथामा तयार भएको यो चलचित्रमा उनी प्रेमिकाको भूमिकामा देखिएकी छिन् । आफ्नो भूमिकाको बारेमा उनी भन्छिन्-‘यो चलचित्रमा केही फरक खालकी प्रेमिकाको भूमिकामा छु । जसले संवाद पनि फिल्मी स्टाइलमै बोल्छे । म एउटा भीजे हुँ ।’

नायिका रेखा थापालाई खलपात्रको रुपमा देखाइएको चलचित्रमा नव-नायक सन्नी सिंह छुल्ठिमको प्रेमीको भूमिकामा छन् । अनिल योञ्जनले निर्देशन गरेको यो चलचित्रलाई छेतन गुरुङले लेखेका हुन् । चलचित्र जेठ ५ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment