Comments Add Comment

जापानिज चेन रेस्टुरेन्ट उरुतोरा नेपालमा पनि, जापानको स्वाद र सेवा नेपालमै


१७ वैशाख, काठमाडौं । जापानको प्रख्यात चेन रेस्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ । आफ्नो १४औं चेनका रुपमा उरुतोरा नेपाल आएको हो ।

संसारमै उन्नत मानिने ‘जापानी आतिथ्य संस्कार’लाई नेपालीसमक्ष परिरिचत गराउन उरुतोराले बालुवाटारको रसियाली राजदूतावास नजिकै सुविधासम्पन्न ‘उरुतोरा नेपाल’ रेस्टुरेन्ट खोलेको छ ।
विस्तारै नेपालीहरुमा बढ्दै गएको विदेशी परिकारको मोहलाई ध्यानमा राख्दै बास्तविक जापानिज स्वाद चखाउन रेस्टुरेन्ट खोलिएको उरुतोराका नेपालका प्रबन्ध निर्देशक प्रकाश पौडेलले बताए ।जापानमा रेष्टुरेण्ट ब्यबसायमा स्थापित लोकनाथ वस्ती र प्रकाश पौडेलको पहलमा जापानी लगानीकर्तासमेतको सहभागीतामा यो रेष्टुरेण्ट खुलेको हो । जापानिज रेस्टुरेन्ट ब्यवसायी केन्जी मिजुगुचीसमेतको झण्डै २ करोड रुपैयाँ लगानी भइसकेको छ ।

‘हामी जापानमै बन्ने जस्तो परिकार बनाएर चखाउन आएका हौं,’ पौडेलले भने,’जापानमा रेष्टुरेन्ट ब्यवसायमा संगालेका अनुभवलाई हामी नेपाली ग्राहकसमक्ष पनि पुर्‍याउन आतुर थियौं । नेपालमा हाम्रो यो पहिलो कोसिस हो ।’

जापानको अनुभव नेपालमा


यो रेस्टुरेन्टको केही हप्ताअघि जापानका पूर्वप्रधानमन्त्री युकेओ हातोयामा र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले उद्घाटन गरेका थिए ।

रेष्टुरेण्टमा लगानी गर्ने तीनै जना जापानका सफल रेस्टुरेन्ट ब्यवसायी हुन् । वस्तीले यसै क्षेत्रमा आफ्नो १८ वर्षको अनुभव हासिल गरेका छन् भने पौडेल १२ वर्षदेखि रेस्टुरेन्ट ब्यवसायमा संलग्न छन् ।

‘हामीले जापानमा हासिल गरेको अनुभवलाई आफ्नो देशमा पनि उतार्न चाहेका हौं । जापानिज रेस्टुरेन्टमा सेवाको गुणस्तर कस्तो हुन्छ भन्ने नेपालमै बसेर अनुभव गर्न उरुतोरा एउटै विकल्प हो’ सञ्चालक वस्ती भन्छन्,’हामी रेस्टुरेन्टलाई घर जस्तो वातावरणमा चलाउँदैछौं । स्वास्थवर्द्धक परिकार र स्तरीय सेवा नै हाम्रो प्राथमिकता हो ।’

शान्त र पारिवारिक वातावरण


रेस्टुरेन्ट भीआईपी क्षेत्र मानिने बालुवाटारको शान्त वातावरणमा अवस्थित छ । उरुतोरामा पारिवारिक र कोलाहलमुक्त वातावरण भएकाले यसले ग्राहकलाई आकषिर्त गर्न समय नलागेको पौडेलले बताए ।

‘उरुतोरा नयाँ भएर पनि सुरुवातमै यहाँ आउने र यहाँका परिकार चाख्नेहरुको मायाले हामीले हौसिएका छौं’ पौडेलले भने,’त्यसैले अब तत्काल पोखरामा पनि उरुतोराको अर्को चेन खोल्ने तयारीमा जुटेका छौं ।’

पोखरापछि लुम्बिनी र चितवनमा पनि उरुतोराले सेवा थाल्ने सञ्चालक वस्तीले जानकारी दिए ।

स्वस्थ र स्वादिष्ट परिकार


रेस्टुरेन्टका सबै परिकारहरु पूर्ण रुपमा हाइजेनिक रहेको दावी सञ्चालहरुको छ । मेनुमा झण्डै २ सय प्रकारमा स्वादिष्ट परिकारहरु समावेश छन् ।

जापानिज सेफ मासे सादाओ आफैं परिकारलाई उत्कृष्ट रुपमा पस्कन उरुतोरामा कार्यरत छन् । उनीसँग जापनिज रेस्टुरेन्टहरुमा काम गरेका अनुभवी कुक र हेल्परहरु पनि छन् । जापानमा बढी रुचाइने सुसी, सासेमी, चिकेन तेरियाकी, टेम्पुरा, खाराआगे लगायतका परिकार यहाँका बिशिष्ट परिकार हुन् ।


जापानीसँगै यहाँ नेपाली, इण्डियनसहित कन्टिनेन्टल परिकारहरु उपलब्ध छन् । एकैपटक १ सय भन्दा धेरै ग्राहकलाई सेवा गर्न यहाँ २५ भन्दा बढी कर्मचारी खटिएका छन् ।

५ सयमा सकेजति बियर पिउनुस्


रेस्टुरेन्टमा जानेहरुका लागि बारको पनि सुविधा छ । मदिरा पारखीहरुका लागि रेस्टुरेन्टले रातको समयमा स्पेशल अफर नै ल्याएको छ ।

बेलुका ७ बजेदेखि ९ बजेका बीचमा एक ग्राहकका लागि एक घण्टाको ‘ह्याप्पी आवर’ योजना लागू गरिएको छ । एक घण्टाका बीचमा प्रत्येक ग्राहकले ५ सय रुपैयाँ भुक्तानी गरेर ‘स्टार पि्रमियम बियर’ जति सकिन्छ, त्यति नै पिउन पाउँछन् ।

‘यो निकै रोमाञ्चक अफर हो । ह्याप्पी आवरलाई वास्तविक रुपमा खुसीको समय बनाउन साथीहरुसँग आएर यो च्यालेञ्जलाई मनोरञ्जनमा बदल्नेहरु हामीले धेरै पाएका छौं’ सञ्चालक पौडेलले भने,’यो अफर जापानका धेरै रेस्टुरेन्टमा हुन्छ । हामीले पनि त्यसैलाई नेपालमा प्रयोग गरेका हौं ।’


झन्झटमुक्त सेवा

सिंगो घरमा चलाइएको उरुतोरा रेस्टुरेन्टका प्रत्येक रुमहरुमा जापानिज ‘फिलिङ्स’ आउने गरी स्तरीय सजावट गरिएको छ । ग्राहकलाई स्वादिष्ट परिकारसँग जापानको सेवाको महसुस गराउन सजावटमा पनि विशेष ध्यान दिइएको सञ्चालक पौडेलले बताए ।


बालबालिकालाई खेल्नका लागि छुट्टै जोनको ब्यवस्था गरिएकाले अभिभावकलाई रेस्टुरेन्टमा पुगेपछि अझ सहज हुनेछ ।

रेस्टुरेन्टमा जानेहरुले पार्किङको सास्ती पनि भोग्नुपर्ने छैन । रेस्टुरेन्टले ठूलो पार्किङ क्षेत्र राखेको छ ।

‘उत्कृष्ट सेवा, स्वाद, गुणस्तर र ग्राहककको स्वास्थ्यमा रेस्टुरेन्ट प्रतिवद्ध छ,’ उरुतोरा नेपालका अध्यक्ष वस्तीले भने, ‘हामी जापानबाटै सामान आयात गरेर रेस्टुरेन्ट चलाउँदै छौं । मेरो दावी छ कि एकपटक हाम्रो सेवा लिनेलाई दोस्रोपटक यहाँ आउन रहर नै लाग्छ ।’


आतिथ्यता उद्योगमा जापानमा आर्जित सीप, त्यहाँको सेवाको गुणस्तरलाई नेपालमा ल्याउने र नेपाली पर्यटन उद्योगमा स्तरीय सेवालाई प्रर्बद्धन गर्नेगरी आफ्नो समूहले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न लागेको वस्तीले बताए । पोखरा, लुम्बिनी र चितवनमा लगानीका लागि तयारी तिब्र पारिएको उनले बताए ।





 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment