Comments Add Comment

गुगलका सिइओको वार्षिक कमाई २० करोड डलर

गुगल कम्पनीका सिइओ सुन्दर पिचाईले गत एक वर्षमा कम्पनीबाट २० करोड डलर कमाई गरेका छन् । गत सन् २०१६ मा उनले गुगलबाट तलब भत्ता, शेयर आदि गरी २० करोड डलर हात पारेका हुन् । उनको यो कमाई सन् २०१५ को भन्दा दोब्बर हो ।
तर उनले सन् २०१६ मा कम्पनीको शेयरबापत १९ करोड ८७ लाख डलर कमाए जुन सन् २०१५ को कमाई भन्दा दोब्बरले बढि हो ।पिचाईले सन् २०१६ मा तलब बापत मात्र ६ लाख ५० हजार डलर हात पारे । यद्यपि यो रकम सन् २०१५ को भन्दा साढे २ हजार डलर कम हो ।

गुगलका सहसंस्थापक तथा पूर्व सिइओ ल्यारी पेजले अल्फाबेट कम्पनीको मातहतमा नयाँ व्यवसाय वृद्धि गर्नेतर्फ आफ्नो ध्यान केन्दि्रत गरिरहेका छन् ।

पिचाईको नेतृत्वमा गुगलले आफ्ना विज्ञापन तथा यु ट्युबबाट हुने कमाईमा भारी वृद्धि गरिरहेको छ । साथै मेसिन लर्निङ, हार्डवेयर तथा क्लाउड कम्प्युटिङमा पनि उनले लगानी बढाइरहेका छन् ।

गत वर्ष गुगलले नयाँ स्मार्टफोन, भर्चुअल रियालिटी हेडसेट, राउटर र भ्वाइस कन्ट्रोल्ड स्मार्ट स्पिकर बजारमा ल्याएको थियो । जसले गुगललाई मुनाफा दिन सुरु गरिसकेका छन् ।

गुगलको हार्डवेयर तथा क्लाउड सर्भिसबाट प्राप्त हुने राजश्व पछिल्लो त्रैमासिकमा ३ अर्ब १० करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढि हो ।

गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य पनि यो वर्ष चुलिएको छ । यो हप्ता अल्फाबेट कम्पनीको मूल्य इतिहासमै पहिलो पटक ६ खर्ब डलर पुगेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment