Comments Add Comment

महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्णः कमल थापा

१७ वैशाख, काठमाडौं । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग आपत्तिजनक भएको बताएका छन् ।
सत्तारुढ दल राप्रपाका अध्यक्ष समेत रहेका थापाले महाअभियोग न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको बताएका छन् । थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस-माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण ।’

प्र न्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण।न्यायिक स्वतन्त्रतामाथि गंभीर आक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment