Comments Add Comment

पूजाको जन्मदिनमा हात समात्दै पलले गाए गीत


नायिका पूजा शर्माले आफ्नो जन्मदिन विशेष तरिकाले सेलिव्रेशन गरेकी छिन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूजाले नजिकका चलचित्रकर्मी, पत्रकारलाई निम्त्याएर आफ्नो बर्थ डे सेलिव्रेशन गरिन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज’ बोलको गीतको भिडियो सार्वजनिक गर्ने बहाना पारेर पूजाको जन्मदिन सेलिव्रेशन गरिएको थियो । चलचित्रका मुख्य कलाकार सरोज खनाल, रुपा राना लगायत पनि उनलाई शुभकामना दिन पुगेका थिए । यस्तै, पूजालाई शुभकामना दिन केही चलचित्रकर्मी कार्यक्रममा पुगेका थिए ।

केक काट्दै पूजाले सबैसँग यसरि जन्मदिन सेलिव्रेशन गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताइन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’का मुख्य नायक पल शाहले पूजाको हात समात्दै गीत गाएका थिए । पलले हातै समातेर गीत गाउँदै जन्मदिनको शुभकामना दिएपछि पूजा दंग देखिएकी थिइन् ।

कार्यक्रममा एकसाथ पुगेका पल र पूजाको पहिरन र हेयर स्टाइलको तारिफ भयो । यस्तै, चलचित्रका निर्देशक सुदर्शन थापाले पनि पूजालाई जन्मदिनमा शुभकामना दिए । पूजाले आफ्नो उमेर भने खुलाइनन् । बरु भनिन्-‘बल्ल १६’ ।

तस्बिरः कमल प्रसाई

नायिका पूजा शर्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

पल र पूजासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment