Comments Add Comment

महाअभियोग फिर्ता लिन चार पूर्वप्रधानन्यायाधीशको माग (विज्ञप्तिको पूर्णपाठसहित)

१८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग तत्काल फिर्ता लिन र ससम्मान पूर्ववत जिम्मेवारी निर्वाह गर्ने वातावरण बनाउन माग गरेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले संयुक्त विज्ञप्ति निकालेर महाअभियोगको विरोध गरेका हुन् ।

शर्मा देशको संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षसमेत छन् ।

संयुक्त विज्ञप्तिमा महाअभियोगले स्वतन्त्र, निष्पक्ष र स्वच्छ तवरबाट न्याय सम्पादन गर्ने वातावरणमा बिथोलिने दाबी गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘न्यायपालिकालाई राज्यका अन्य अंगहरुले संविधान बमोजिम सहयोग गर्नुपर्नेमा त्यसको विपरित संविधान कार्यान्वयको सैशावस्थामा नै बिचाराधीन मुद्दालाई प्रभावित पार्ने, न्यायाक आदेश निर्देशको कार्यान्वयनमा सहयोग नगर्ने, न्यायपालिकालाई कमजोर पार्ने, अनावश्यक विवादमा तान्ने र न्यायीक स्वतन्त्रता कुण्ठित हुनेगरी महाअभियोगको प्रस्ताव ल्याइएको हामीले महसुश गरेका छौं ।’

महाअभियोग सम्बन्धी संवैधानिक व्यवस्थाको दुरुपयोग भएको दाबी विज्ञप्तिमा गरिएको छ । कार्कीलाई अमूर्त आरोप लगाइएको भन्दै महाअभियोगको पुष्टि हुने प्रमाण पनि पेश हुनुपर्ने उल्लेख छ ।

पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment