Comments Add Comment

राजेन्द्र महतोलाई उपेन्द्र यादवको जवाफः चिल्लो लुगा लगाएर सोल्टी गएको थाहा छ

'मधेसी मोर्चाको औचित्य सकियो भन्नेहरुकै औचित्य सकियो'

२० बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका नेताहरुबीच जुहारी सुरु भएको छ ।

यो जुहारी स्थानीय चुनावलाई केन्द्रमा राखेर हुन थालेको देखिन्छ । दुबै पक्षले आफूलाई राम्रो देखाउन अर्को पक्षलाई आरोप लगाउन थालेका छन् ।

राजपाका नेताहरुले संविधान संशोधन नभई स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको भन्दै उपेन्द्र यादवको आलोचना गरिरहेका छन् । फोरमले एजेण्डा छाडेको राजपाका नेताहरुको टिप्पणी छ । केहीले त अब मधेसी मोर्चाको औचित्य नै सकिएको दाबी गरेका छन् ।

राष्ट्रिय जनता पार्टीको बैठकपछि अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेसी मोर्चाको औचित्य समाप्त भएको टिप्पणी गरेको खबर आएको थियो ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी फोरम अध्यक्ष उपेन्द्र यादवले राजपा नेताहरुले लगाएको आरोपको जवाफ दिएका छन् ।

मधेसी मोर्चाको औचित्य समाप्त भयो भन्नेहरुकै औचित्य नरहेको यादवले बताए ।
राजपाका नेता राजेन्द्र महतोतर्फ संकेत गर्दै उपेन्द्रले भने, ‘चिल्लो लुगा लगाएर सोल्टीमा -ज्ञानेन्द्रका नातिको ब्रतबन्ध) भोज खान गएको पनि थाहा छ ।’

पूर्वराजा ज्ञानेन्द्रका नातिको ब्रतवन्धका अवसरमा आयोजित पार्टीमा सहभागी हुन महतो सोल्टी होटलमा पुगेका थिए ।

फोरम अध्यक्ष यादवले आफूहरु अहिले पनि चुनाव र संघर्ष दुबैमा सहमति गरेर जाने पक्षमा रहेको बताए । साथै राजपाकै नेताहरुले चुनावमा तालमेल गरेर जाउँ भन्दै प्रस्ताव गरेको समेत बताउँदै यादवले भने- यसलाई के भन्ने ?’

चुनावमा जाँदा फोरमले मुद्दा छाड्यो भन्दै गलत प्रचार गरिएको भन्दै यादवले ‘राजपातर्फ संकेत गर्दै भने, चुनाव चिहृन देउ भन्न जाने, तर नपाएर मात्रै २/४ दिन भए पनि खोइरो खनौं भनेर गलत प्रचार गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment