Comments Add Comment

युभेन्टस च्याम्पियन्स लिगको फाइनल नजिक, मोनाको २-० ले पराजित

२१ बैशाख, काठमाडौं । इटालीयन च्याम्पियन युभेन्टस तीन सिजनको अन्तरालमा दोस्रो पटक युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल नजिक पुगेको छ ।

गएराति सम्पन्न खेल सेमिफाइनल पहिलो लेगमा अर्जेन्टाइन स्ट्राइकर गोञ्जालो हिगुइनको २ गोलले फ्रान्सेली टोली मोनाकोलाई उसैको मैदानमा हराउँदै युभेन्टसले फाइनल यात्रा सहज बनाएको छ ।

मोनाकोमो खेलको सुरुवात आक्रामक ढंगले गरेको थियो । सुरुवातमै स्ट्राइकर केलिन् मबापेको प्रहार युभेन्टसका गोलरक्षक बुफोनले मुस्किलले बचाएका थिए ।

तर हिगुइले ड्यानी आल्भेसको दुवै पासलाई सहदुपयोग गरी दुई महत्वपूर्ण अवे गोल गर्न सफल भए ।

२९औं मिनेटमा डिबक्स बाहिरबाट ब्राजिलियन विंगर आल्भेसले दिएको ब्याक पासमा उत्कृष्ट गोल गर्दै हिगुइनले पाहुना टोलीलाई अग्रता दिलाए । ५९औं मिनेटमा हिगुइनले अर्को गोल गरे ।

पहिलो लेगमा मंगलबार मडि्रड डर्बीमा ३-० को जित हासिल गरेको रियल र युभेन्टसले यस पटकको फाइनल खेल्ने सम्भावना प्रवल बनेको छ ।

यदि त्यस्तो भएमा यसपटक पनि १९९८ को च्याम्पियन्स लिग फाइनल दोहोरिनेछ । जहाँ रियलले युभेन्टसलाई १-० ले हराएर उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment