Comments Add Comment

अस्पताललाई सेवाका आधारमा बर्गीकरण गरिने

२२ वैशाख, काठमाडौ । स्वास्थ्य मन्त्रालयले देशमा सञ्चालित अस्पतालहरुलाई सेवाका आधारमा बर्गीकरण गर्ने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य विकास पुर्वाधार-२०७४ पारित गरेपछि अस्पतालको बर्गीकरणका लागि बाटो खुलेको हो ।

यसअघिसम्म राज्यको संरचना र शय्याको संख्याको आधारमा मात्रै बर्गीकरण गरिएकोमा अबदेखि सेवाका आधारमा स्वास्थ्य संस्थाका आधारमा बर्गीकरण हुनेछ ।

कुन अस्पतालमा कस्तो सेवा, पूर्वाधार, जनशक्ति र उपकरण छ त्यसैका आधारमा बर्गीकरणको मापदण्ड तोकिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

नयाँ मापदण्ड अनुसार प्रत्येक वडामा स्वास्थ्य इकाई हुनेछ भने गाउँ वा नगर तहमा प्राथमिक अस्पताल हुनेछ ।

जिल्ला वा अहिलेका अञ्चल अस्पतालहरुलाई भने तृतीय तहको अस्पतालको रुपमा कम्तीमा हरेक प्रदेशमा एउटा रहने गरी सेवाको व्यवस्था गरिने भएको छ ।

केन्द्रीय स्तरमा भने विशिष्टीकृत अस्पताल बनाइने बिधयेकमा उल्लेख छ । मुटु, क्यान्सर, प्रसुती, स्वासप्रस्वास रोगसम्बन्धी छुट्टाछुट्टै केन्द्रीय अस्पताल बनाउने मापदण्डमा उल्लेख छ ।

सबै प्रकारका अस्पतालमा के कस्तो सेवा सुविधा हुनुपर्ने छ भन्ने निर्देशिका वा मापदण्ड बनाउने अधिकार भने केन्द्रीय सरकारलाई नै हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment