Comments Add Comment

मलेसियामा अलपत्र ४१ नेपालीको उद्दार

मृत्युदण्डबाट सफाई पाएका चौधरी पनि नेपाल फर्किए

५ मे, मलेसिया । नेपाली दुताबास मलेसियाले मृत्यु दण्डको अभियोगबाट सफाई पाएका बारा जिल्लाको कलैयाका ललित चौधरीलाई नेपाल फर्काउन सफल भएको छ ।

निरन्तरको प्रयासपछि चौधरीलाई नेपाल फर्काउन सफल भएको दुतावास श्रोतले जानकारी दिएको छ ।

चौधरी सहित अन्य ४१ जना नेपालीहरुलाई समेत बुधवार र बिहीबार उद्दार गरी नेपाल पठाइएको छ ।

बिभिन्न अभियोगमा जेल सजाय भोगिसकेपछि क्याम्पमा रहेर हवाई टिकटको प्रतिक्षामा रहेका उनीहरुलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएर उद्दार गरिएको हेा ।

राजधानी क्वालालमपूरबाट निकै टाढा रहेको तेङगानु क्याम्पमा रहेका रानीपोलिया ३ नवलपरासीका चित्रबिक तथा केलेन्तान क्याम्पमा रहेका चाँगि १ ताप्लेजुङका सुरेन्द्र लिम्वु र विध्यवासिनी ३ पर्साका व्रु विहारी शाहकानुलाई बुधवार उद्दार गरेर नेपाल पठाईएको दुतावासले विज्ञप्ती निकालेर जानकारी गराएको छ ।

उद्दार गरिएकाहरुको नामलिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment