Comments Add Comment

अत्तरीया कप महिला क्रिकेटमा राईजिङ बिजयी

२२ वैशाख, कैलाली । कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको शुक्रबार भएको खेलमा राईजिङ क्रिकेट वुमन काठमाडौं बिजयी भएको छ ।

अत्तरीयाको एपिएफको खेल मैदानमा शुक्रवार भएको पहिलो खेलमा राईजिङ्ले कैलाली जिल्ला क्रिकेट एकेेडेमीको टोलीलाई १७ रनले हराएको हो ।

टस जितेर पहिले व्याटिङ् गरेको राईजिङ क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन बनायो ।

जसमा बिदेशी खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहृयो । बंगलादेशी खेलाडी सहनाज प्रविन २०, भारतीय खेलाडीद्धय पुजा निराभाट र लक्ष्मी चौधरीले समान २०/२० रन बनाए ।

कैलाली जिल्ला क्रिकेट एकेेडेमीका लागि चाँदनी शाहले २ विकेट लिईन् । सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउादले समान एक/एक विकेट लिए ।

१३८ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतीमा १२० रन मात्रै बनाउन सक्यो । सुरुवात राम्रो भएपनि खेलको मध्यतिर चल्न नसक्दा घरेलु टोली पराजित भएको हो ।

टिमका लागि नीतु भण्डारीले ३५ रन बनाईन् । मन्जु भण्डारीले २० र कविता कुवरले १७ रन बनाईन ।

राईजिङ क्रिकेट बुमनका लागि अस्मिता कर्माचार्यले तीन विकेट लिईन । पुजा निराभाटले २ तथा आरती विडारी र कृति सेनले एक एक विकेट लिईन ।

खेलमा १९ रन वनाएर एक विकेट लिएकी भारतीय खेलाडी पुजा निरा भाट वुमन अफ द म्याच भइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment