शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

माओवादीलाई भोट हाल्दा कांग्रेसले शीर झुकाउनुपर्दैन

पार्टीको निर्णय नमान्ने कार्यकर्तालाई कारवाही हुन्छ: मन्त्री लेखक

अनलाइनखबर

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं भौतिक यातायात तथा पूर्वाधारमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र माओवादीवीच भएको चुनावी तालमेलको इमान्दारितापूर्वक कार्यान्वयन हुने दाबी गरेका छन् ।

माओवादी र कांग्रेसवीच भएको चुनावी तालमेलबारे चितवन लगायतका जिल्लामा कांग्रेस कार्यकर्ताले असन्तुष्टि राखिरहेका बेला हामीले यो तालमेल र यसबाट उत्पन्न परिस्थितिबारे मन्त्री लेखकसँग छोटो कुराकानी गरेका छौं ।

कुराकानीका क्रममा मन्त्री लेखकले यो तालमेल गणतन्त्रवादी र संघीयताका पक्षमा भएको बताए । साथै यसको इमान्दारितापूर्वक कार्यान्वयन हुने उनले दाबीसमेत गरे ।

प्रस्तुत छ, अनलाइनखबरका लागि विनोद घिमिरेले मन्त्री लेखकसँग गरेको कुराकानीः 

कांग्रेसले माओवादीलाई, माओवादीले कांग्रेसलाई भोट खसाल्छन् ? तपाई कत्तिको विश्वस्त हुनुहन्छ ?

यो विश्वास र प्रतिवद्धतासहित नै तालमेल गरिएको हो । यसमा कुनै आशंका गरिरहनुपर्दैन । यसको राजनीतिक महत्व पनि छ । माओवादीसँग भएको चुनावी तालमेलमा कांग्रेसबाट कुनै बेइमानी हुँदैन र माओवादीले पनि सहमतिलाई कार्यान्वयन गर्छ भन्ने पूर्ण विश्वास छ ।

तालमेल भएको स्थानमा कांग्रेसले माओवादीका उम्मेदवारलाई र माओवादीले कांग्रेसका उम्मेदवारलाई भोट दिन्छन् र दिनुपर्छ । पार्टीले गरेको निर्णय मानेर सबै साथीहरु चुनावमा सक्रियतापूर्वक लाग्नुस्, यो पार्टीको निर्देशन होे ।

माओवादीसँग कांग्रेसले गरेको तालमेल तल्लो तहका कार्यकर्तालाई चित्त बुझेको छैन । चितवनमा त तालमेलको विरोध भएको सुनिँदैछ, कार्यकर्ताको भावनाविपरीत तालमेल किन गरेको ?

कांग्रेसका मान्छेहरुले चित्त दुखाउनुपर्ने, टाउको निहुराउनुपर्ने कुनै कारण र अवस्था छैन । किनभने कांग्रेसले कोसँग तालमेल गरेको छ भने गणतन्त्रको पक्षधर पार्टीसँग गरेको छ, संघीयताको पक्षधर पार्टीसँग गरेको छ । समावेशितालगायत यो संविधानका सबै आधारतभूत मूल्य मान्यता मानेको पार्टीसँग गरेको छ ।

त्यतिमात्रै होइन, हाम्रो साझा एजेण्डा पनि छ । साझा एजेण्डा भनेको के हो भने संविधानको स्वीकार्यतालाई विस्तार गर्ने, तराई मधेसका भावनाहरुलाई पनि सम्बोधन गरेर यो संविधानलाई पूर्णतः कार्यान्वयन गर्ने हो । त्यसैकारण यो तालमेलमा साथीहरुले मन खुम्चाउनुपर्ने कारण छैन ।

एमाले र राप्रपाको तालमेलसँग डराएर कांग्रेस र माओवादीले तालमेल गरेको भन्ने छ नि ? हो ?

राजनीतिकरुपले भन्नुपर्दा राप्रपामा गणतन्त्रको पक्षधरता देखिएको छैन । संघीयताको त उहाँहरुले विधिवतरुपमा विरोध गरिरहनु भएको छ । तर, एमालेले त्यही गणतन्त्र विरोधी, संघीयताविरोधी राजनीतिक दलसँग तालमेल गरेर गइसकेको अवस्था छ । यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने यो अप्राकृतिक र अस्वाभाविक तालमेललाई नेपाली मतदाताले पत्याउने छैनन्, भोट खसाल्ने छैनन् ।

तालमेल भएको स्थानमा कांग्रेस-माओवादीको संयुक्त चुनावी सभा पनि हुन्छ कि ? अब के गर्नुहुन्छ ?

यो जिम्मा हामीले स्थानीय पार्टीलाई नै दिएका छौं । उहाँहरुलाई जे उपयुक्त लाग्छ, त्यो गर्नुहुन्छ । तालमेलको सन्देश दिन र तालमेल भएअनुसारको सकारात्मक परिणाम निकाल्न जे-जे उपयुक्त हुन्छ, त्यो गर्नुस् भनेर केन्द्रले भनेको छ । केन्द्रको नीति नै माओवादीसँग तालमेल गर्ने र कांग्रेस-माओवादीका उम्मेदवारलाई जिताउने हो ।

अहिले हतारमा गरिएको तालमेलबाट दोस्रो चरणको चुनावका लागि के शिक्षा पाउनुभयो ?

तालमेल गरेर त्यहीअनुसार मनोनयन दर्ता गर्नुपर्ने थियो, तर पहिलो चरणको चुनावमा त्यसो हुन नसक्दा हामीबाट थोरै कमजोरी भयो । मनोनयन दर्ता गरेर फिर्ता लिँदा केही समस्या भयो । सुरुमै तालमेल गरेर उम्मेदवारी दर्ता गरेको भए यो समस्या हुँदैनथ्यो । यसले हामीलाई पाठ पढाएको छ ।

अब दोस्रो चरणको चुनावमा हामी पहिले नै गृहकार्य गरेर समयमै तालमेल गर्छौं ।

दोस्रो चरणको चुनावमा कुन दलसँग तालमेल हुन्छ ?

स्वाभाविकरुपमा माओवादीसँग नै हुन सक्छ र हामी निर्णय समयमै गर्छौं । माओवादीसँग नेपाली कांग्रेसको तालमेल अत्यन्त स्वाभाविक छ, प्राकृतिक छ । संविधान कार्यान्यवयनको विषयलाई सरलतातर्फ लैजान बल दिन्छ । त्यसैले पहिलो चरणको चुनावमा जहाँ-जहाँ तालमेल भएको छ, त्यहाँ-त्यहाँ चित्त नखुम्चाइकन, खुलेर सहमतिलाई कार्यान्वयन गर्न म आह्वान गर्न चाहान्छु ।

काठमाडौं र ललितपुरमा तालमेल नहुनुको कारण के हो ? कि कांग्रेस एक्लै जित्न काफी छ भनेर हो ?

हामीले स्थानीय नेतृत्व तहलाई जिम्मा दिएका थियौं । उहाँहरुले नगर्ने भनेपछि भएन । जहाँसम्म अर्को प्रश्नको कुरा छ, कांग्रेस एक्लै जित्न सक्छ भन्ने कुरामा पनि शंका छैन । एक्लै जित्छौं भन्ने पूर्णविश्वास भएको हुनाले नै स्थानीय तहका नेताहरुले तालमेल गर्नुभएन ।

कतिपय ठाउँमा कांग्रेसका बागी उम्मेदवारसमेत छन् । उनीहरुको हकमा के हुन्छ ?

केही ठाउँमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीकै साथीहरुबाट सामानान्तर उम्मेदवारी परेको थियो । धेरैजसो काठमाडौं महानगरपालिकाको वडाहरुमा थिए । तीमध्ये धेरै फिर्ता भइसके । केही ठाउँमा बाँकी छन् । साथीहरुले राजनीतिकरुपले आफ्नो उम्मेदवारी छाडेर पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुपर्छ भनेर हामीले आह्वान गरिसकेका छौं ।

आह्वानबमोजिम उहाँहरुले आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ । यदि सहयोग गर्नुभएन र आफ्नो उम्मेदवारी कायम राखिराख्नुभयो भने कारवाही हुन्छ, पार्टीले निस्काशन गर्छ ।

२०७४ वैशाख २२ गते १९:२० मा प्रकाशित (२०७४ वैशाख २३ गते २१:४१मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५२ प्रतिकृयाहरू प्राप्त
  • R.Thapa लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १६:०५

    Lekhak ju
    Teso bhaya congress maobdi ma bilaya vaya vai goni ta.kina congress party bhanera chutai rakhne ta.shir thado parera rato tika lagauna gaya vai halo ne.

    129
    8
    Share

  • suraj लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १६:३१

    sere le garda ghukai halyo ni/???

    77
    3
    Share

  • Sagar Sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १६:४२

    Congress lai ta vote haldaina kasto joke congress ko sifaris ma Maobadi lai vote halnu re……….

    76
    6
    Share

  • Santosh Dahal लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १६:५५

    Lekhak Ji
    mawobadi jangal pasyo ani xaani xanii teahii congress ka karyakarta harulai maaryoo ani kati aama haru tw biduwaa bhaya kati bachha haru tuhura bhaya aaba teahi aama ra bachha harule kosari vote dina sakxan. Ser Bahadur Dai prime minister ko lov ma aafno democracy parti lai badam gardai hunuhunxa. hami haar sahana sakxau tara apatyaarilo gathabandhan hamilai swikaarya hune xaina.

    81
    3
    Share

  • sapankumar लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १७:०१

    Kathit janaudda ma sabai bhanda badhi karyekata congress ko mareko maobadi sanga milnu ti karyekarta haru ko aatma ra tinka pariwar lai k jawaf dine?

    48
    1
    Share

  • Anil लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १७:०९

    Tapai ko hami lai sikaune ?…..17000 Nepali Marne lai Tapaiko Sifaris ma vote kunai halat ma halinna……KP Oli jindabad.
    Nepali congress … IGP case ra Susila Karki ko case le garda aba tesro thulo party banne pakka cha !!!

    55
    4
    Share

  • birkhe लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १७:४७

    Eventually, we come to understand that the supporters of the parties are no more than a slave, today it has been proven.

    For the intimacy to the post and ministries, the supporter are to suffocate themselves.

    Please do not penal me, I give up congress from now on and forever.

    Since then I regain back my freedom and remain without being tied by any brokers.

    31
    0
    Share

  • Bishnu लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १७:५९

    शिर झुकाउन पर्दैन, ठाडै राखि लुकाउंदा हुन्छ ।

    46
    3
    Share

  • Dipak लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १८:२०

    Rukha bahek anetra vot nahaleko votar Lai bistarai anya parti tir bani lagai congress party dost parn lagi parnu vayako ma badhai 6 neta Ji.

    19
    0
    Share

  • bikram लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १८:२१

    It seems Maoists haven’t killed any one in Ramesh Lekhak’s family otherwise he wouldn’t have expressed such statement.

    Now, it is clear that Sher Bahadur can do any thing for the chair of PM.

    It is better to be defeated by Maoists than being allay of that shit.

    Now, I don’t vote Congress in this election.

    33
    0
    Share

  • मिठाराम सापकाेटा लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १९:०६

    पार्टिले निस्कासन गरेमा माअाेवादिमा गइन्छ । माअाेवादिले निस्काशन गरेमा एमालेमा गइन्छ । एमालेले निश्कासन गरेमा राप्रपा मा गइन्छ । राप्रपाले निश्कासन गरेमा राष्ट्रिय जनता प्राार्टीमा गइन्छ । केकाे डर ? नेताहरूले जे गरे पनि हुने कार्यकर्ताले नहुने भन्ने के छ र ? अांटमात्र चाहिन्छ । जता गए पनि हुन्छ ।

    53
    0
    Share

  • prakash Tiwari लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १९:१२

    Jaha bhot halyo bhanxa tehi halne bhaye meri swotantrata kaha gayo ta yesto samanti niyam kahi maninxa asali kongresh ho timle je sukai bhane pani bhot anta halidaina chetna vaya

    12
    0
    Share

  • मिठाराम सापकाेटा लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १९:२०

    धरै पर्टीहरू छन । एउटाले निश्कासन गरेमा अर्काे अर्काेमा गइन्छ । अाट चाहिन्छ केकाे डर ?

    27
    0
    Share

  • Damodar rijal लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते १९:४८

    पार्टीले के कारबाही गर्ने हो ? सदस्यता रद्द गर्ने होला हदै गरे !पार्टी सदस्य नभए बाँच्न सकिँदैन? अपराधीहरूको मलामी जान सकिँदैन!

    44
    0
    Share

  • नेपाल लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते २०:२२

    आफ्नै पार्टी लाइ ढोका दिनु त कांग्रेस को परम्परा नै हो नि,,गिरिजा को पाला देखिने चलेको रिति लाइ छोड्नु पनि त भएन नि,,आफ्नै कारणले कांग्रेस लाइ घाटा हुन्छ,,

    38
    0
    Share

  • ram लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते २०:२७

    Vote cancle garaen6 tara purba Atatayi lai dienna.lekhak.

    13
    0
    Share

  • Nirajan लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते २०:३८

    सेर बहादुर र रमेश लेखकले माओबादीले दिएको पीडा भोगेको भए एस्तो आर्टिकल लेख लेख्ने अनि निर्नय गर्दैन थ्यो होला।

    29
    0
    Share

  • शेखर अग्रवाल लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते २२:२९

    हो हो शिर झुकाउनु पर्दैन
    घुंडा टेकेर बसे पछी लम्पसार परे पछी शिर ठाडो नै पार्नु हुन्छ शिर झन् ठाडो हुन्छ

    27
    1
    Share

  • Thaneshowar sapkota लेख्नुहुन्छ    |   २०७४ वैशाख २२ गते २२:३३

    लेखकज्यु जयनेपाल
    प्रधानमन्त्रीको कुर्सीसग चितवनका जनताको अभिमत साट्नु कुन राजनितीको धर्म हो जवाफ दिनुहोस् ।हिम्मत छ भने स्वार्थ र तथाकथित केन्द्रीय निर्णयको पालना नगर्ने निष्ठावान र ईमानदार चितवन् कांग्रेस माथी कार्वाही गर्नुस् ।

    44
    0
    Share

  • sujan लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते ०:०२

    Lekhak g

    voting procedure secret hunchha vanni kura tha chhaina jasto chha. kasari hunchha karbai lau herau ta? Dhamas na du.janta aba batha vai sakay. waiyat kura na garu.

    14
    0
    Share

  • सुमन पँगेनी लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते ३:३५

    मतदान गर्ने कि नगर्ने त्याे ब्यक्तिगत स्वतन्त्रता हाे।तिमिहरु कसरी नेता बनेका हौ भन्ने पनि ख्याल राख।हामी जनताले मत नदिएकाे तिमिहरु के मन्त्री बनेर गाडीमा झण्डा हल्लाउँदै हिँड्ने हैसियत बनाउँथ्यौ?कारबाही कार्यकर्तालाई हैन तिमिहरुलाइ हुन्छ अब।हामीले तिमिहरुलाइ चुनावमा मत हाल्दैनौ याे एक्काइसौं शताब्दी हाे तिमिहरुकाे हामी रैती हैनौ तिमिहरुले जे भन्याे त्यहि मान्ने। ल कति कार्यकर्तालाइ कारबाही गरेर सक्छौ हामी पनि हेर्छौ तिमिहरुकाे तागत!

    39
    0
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते ५:४४

    माओवादिलाई भोट कदापी हालिन्न

    34
    0
    Share

  • चितवने काकी लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते ५:४९

    माअोबादीलाइ भाेट दिन हातै लाग्दैन र पाे।

    35
    2
    Share

  • सतीको श्राप लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते १०:२७

    जनचेतनाले भरिएका नेपालीले सबै नेताको हैसियत र नियतलाई पहिचान गरिसके हुँदा कसैले सिकाएर अनि पाठ पढाएर कसैको व्यक्तिगत मताधिकार शक्तिलाई अदलबदल कुचेष्ठा कुनैपनि धरमर नेताले नगरे हुन्छ । नेताको चाकडी र चाप्लुसीले देशको हविगत बुझेका नेपालीलाई नेताको स्वार्थले भरिएका ललीपप नदेखाए हुन्छ ।

    11
    0
    Share

  • नेताको नोकर लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते १०:५२

    नागरिक र समयले नेताहरुलाई धेरै दियो तर नेताले कसैलाई केही दिएनन् । अझै हामीसंगै मागिरहेका छन् । मागेरै जिन्दगीमा मोज गर्नेहरुको जयजयकार सबैले मनाऊँ । हामी नेपालीलाई पटक पटक उनीहरुको स्वार्थ र पाखण्डीपनले कहिल्यै पनि नछोड्ने भयो । अब आएर त हाम्रो माताधिकारपनि उनीहरुलाई नै सुम्पनु पर्ने रे ।

    9
    0
    Share

  • Milan लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते १०:५७

    सिधै भने भै गो नी चितवनको मेयर नछोडे प्रमको कुर्सी शेरबहादुर दाईलाई नमिल्ने भो भनेर।

    23
    0
    Share

  • kamal लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते ११:२६

    नेेताहरूको झुुक्दैन होला,अरूको त झुुक्छ ।

    17
    0
    Share

  • अनिल लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते ११:२८

    हरे शिव यस्ता दिन आए है काँग्रेसका ।

    19
    0
    Share

  • Suresh Raj लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते १२:०६

    काँग्रेसका केही नेताहरुले यो तालमेल स्वभाविक र राजनीतिक महत्वको भएको बताएपनी एक सच्चा काँग्रेसिले माओवादीलाई कहिले भोट हाल्न सक्दैन र हाल्ने पनि छैन । नेपाली कांग्रेसमा पार्टी सभापतिको निर्णय नै अन्तिम हुने भए पनि यो गलत निर्णय हो सबैले मुल्याङ्कन गरेका छन ।

    23
    0
    Share

  • Yam लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते १२:०८

    Remember banthermudhe while casting vote ro mb

    8
    0
    Share

  • यज्ञ लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते १३:०२

    पोखरा, काठमाडौं र ललितपुरमा तालमेल नहुने तर भरतपुरमा मात्रै तालमेल हुने गांठी कुरो के परेछ ?

    11
    0
    Share

  • Balram Adhikari लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते १४:११

    माओवादिलाई भोट कदापी हालिन्न

    19
    0
    Share

  • santears लेख्नुहुन्छ    |   २०७४ वैशाख २३ गते २२:२७

    मतदान भन्या स्वतन्त्र अधिकार र मौलिक हक हो मन्त्री लेखक ज्यु…हो म नेपाली कांग्रेस हो तर हजुर जस्ता नेताको कर्याकर्ता होइन । म प्रजातान्त्रिक अनि समाजबाद को सिद्धान्त बोकेको नेपाली कांग्रेसको समर्थक हो।
    तेसैले जनता लाई भेडा नसम्झिनुस मन्त्री ज्यु..मत बदर होला तर आफ्नो सिद्धान्त भन्दा बाहिर गैदैन..मताधिकार र राजनैतिक स्वतन्त्रता माथी हस्तक्षेप नहोस…

    15
    0
    Share

  • Manav लेख्नुहुन्छ    |   २०७४ वैशाख २४ गते ९:४७

    yo dakshin tira ko khao baad boleko ho

    8
    0
    Share

  • Surya Kanta Koirala लेख्नुहुन्छ    |   २०७४ वैशाख २४ गते १२:४७

    थुक्क लाज पचेको तिमी लाई यस्तो परेको भए के हुन्ध्यो ??? ८० हजार भन्दा बढी मत भएको काङ्रेस लाई धोका दिएर र दुइ चार हजार मत भएको माओवादी सङ मेयर पद साट्ने सक्ने नपुन्सक गुलाम हरु याद गर तिमी हरु को दिन सकियो अब हुनत आफ्नै चेलीबेटी पाए पनि बेच्न पछी नपर्ने हरु लाई भालु लाई पुँराड सुनाउनु जस्तै होला

    21
    0
    Share

  • ramesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २४ गते १४:०३

    Na dai na gai
    vote hallincha surya lai.

    ma sachha nepali hun. sabai party ko sidhanta ramro cha tara KP OLI bahek aaru neta bharat ko gul. chatcha.

    8
    1
    Share

  • Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख २४ गते १६:५२

    Nepali janta le k bujna paryo vane.. Parti haru sabai mileka chan ra janta lai ghumai raheko chan.

    4
    0
    Share

  • binaya rijal लेख्नुहुन्छ    |   २०७४ वैशाख २४ गते १७:५९

    if you enforce this kind of compulsions than will have two options.

    1. either we will vote to emale or

    2. we will not respect you as congress leader.

    the last and the best is … you better quit as leader of congress and join to maobadi and show us your capacity winning as leader in elections.

    4
    0
    Share

  • RYTHM लेख्नुहुन्छ    |   २०७४ वैशाख २५ गते १०:४७

    ma maobadi pidit janata ,sahid pariwar bhitrako manchhe ani ma congress ko samarthak.Maile kasari maobadilai bhot halne?Hamro atma royeko chha,congress le feri ruwako chha.Tapaiharuko jay hos.

    5
    0
    Share

  • Anjan Thapa लेख्नुहुन्छ    |   २०७४ वैशाख २५ गते ११:२२

    yo sabae tapae hami le gareko result ho,yo vandha paila ta ser bahadur deuba sab ko leader thiye hoina ki kaso? Aafule vane jasto nahuda party ta futalni manche le tapae hami sojha janatako avimaan ra aatmasamman ko ta gala ghotihalincha ni.ani tapae aafae thulo aawaj garera huncha paila manche aafule chinnu jaruri huncha natra k hami nispakkshya congress hoinau?

    1
    0
    Share

  • rd लेख्नुहुन्छ    |   २०७४ वैशाख २५ गते १२:२३

    Party le karyakarta ko karwai hoina aaba chitwan kaa karyakarta le rukh mai bhot halera timi harulai jhapad hanchan

    1
    0
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७४ वैशाख २५ गते १५:१५

    माओवादीलाई भोट हाल्दा कांग्रेसले शीर झुकाउनुपर्दैन Because; Assuming one strong maldar Ministry, we have managed for our generation to generation; All Congress Cadre can enjoy from myself , party leader, home ministry prosperity ?

    1
    0
    Share

  • Surya Acharya लेख्नुहुन्छ    |   २०७४ वैशाख २५ गते १५:४३

    भरतपुरमा माअोवादीभन्दा बढी दशौ‌ हजारले रुखमा छाप लगाउने पक्का छ । काँग्रेसले माअोवादीलाई हाल्दैन, कदापी हाल्दैन । घटिया नेताको गुलाम बन्दैन एक्काइसौ शताव्दीमा ।

    9
    0
    Share

  • mani sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख २५ गते १८:३६

    maoobadi vanekai ekai sikka ka dui paata hun kina sir jhukaunu paryo ra? mantri jyu?

    0
    0
    Share

  • sonam लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १०:०१

    bichara hijada congress party…..hahhahhh..

    3
    0
    Share

  • Manoj लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १०:५६

    dalal…afnai chori cheli bechna pachi naparne dalal lai k vannu ra khai..

    1
    0
    Share

  • हर्कत मीया लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते ८:१५

    लेखक ज्यू दन्दपीडीत हरू को मर्म लाइ बूझ्ने कोशीष गरौ सखाप हौला

    0
    0
    Share

  • LAXMI लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते ११:३५

    nepali janata timi haruko nokkar ho ra jaslai vanyo teslai vot halna ! tmi harule siddhanta ko rajniti chhode pani nepali janatale chhodeka chhainan. tesko baliyo udaharan ummedwar nai navayeko chinha ma vayeka ma vanda badhi vot janu ho. teti ta bujhyeu hola ni aba ta.

    0
    0
    Share

  • Himalayan Brave लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १६:१७

    Pity upon you Congress. We have to see such a day that to maintain your dignity, you have to be dependent on Maoist. You forgot what they did in the past? Politics is really a dirty game and the players of it are no better than a prostitute.

    1
    0
    Share

  • Sanjiv Shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १७:१५

    Most of the comments seems more bios than necessary. Not only Nepal,there are lots of country which civil war claimed thousands of its citizen.but there sacrifice also freed their citizens from dictators. So, only cursing the Maoist is not only the ultimate solution,we must acknowledge their sacrifice towards the country and its citizen too. In the course of history Maoist are not only the culprit. Don’t forget that, If we look back to our history, there are too many tyrants who took thousands of life of its own citizen.Be calm, and be patience for the sake of the country.

    0
    2
    Share

  • Dhital लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १६:५३

    mangle haru Antarghat

    0
    0
    Share

  • Mukunda paudel लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते ६:४४

    ए उसो भए कांग्रेसले कांग्रेसलाई भोट हाल्दा पो शिर निहुराउनु पर्ने रैछ क्यार ! त्यसो भएर पो पार्टी चुनावमा पछि परेको। यस्ता महान उदार बिचार भएका नेताले गर्दा पार्टीको यो हबिगत भएको।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this